• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

रुपनगर चाैकमा मदन भण्डारीकाे शालिक निर्माण हुने

img

डम्बर राई
कञ्चनरुप /असार २३ गते – सप्तरीकाे कञ्चनरूप नगरपालिका १२ स्थित रुपनगर चाैकमा मदन भण्डारीकाे स्मारक निर्माण हुने भएकाे छ । नगरपालिकाकाे योजनाबाट निर्माण हुने स्मारककाे आज एक कार्यक्रमबीच नेकपा(एमाले) का पाेलिटब्युराे सदस्य तथा जिल्ला ईन्चार्ज सुमनराज प्याकुरेलले शिलान्यास गरेकाे हाे ।

नगरपालिकाकाे याेजनानुसार, केही महिना अगाडि रुपनगर फत्तेपुर सडकखण्ड स्थित आदर्शटोल बन्द्रहामा महान नेता तथा शिक्षाबिद् बिपी काेइरालाकाे स्मारक निर्माण सम्पन्न गरि अनावरण समेत भइसकेकाे छ ।

एकैचाेटी राखिएकाे याेजना मध्येका याे काम केही ढिलाई हुन गएकाे नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए । आफ्नो घरकाे कार्यब्यस्तताले कार्यक्रममा अनुपस्थित भएका नगर प्रमुख गुप्ताले टेलिफाेनमा भने याे असारकाे खाता क्लाजिङ्गकाे पूर्वसंध्यामा सिलान्यास गरेकाे कामले यसै आवमा पूर्णता हुन असम्भव छ तर अर्काे बर्षमा भने कामलाई निरन्तरतामा राखिने छ ।
उनकाे अनुसार मदन भण्डारीकाे शालिक स्थापनाका लागि १० लाख याेजनामा राखिएकाे छ ।

यता सिलान्यास गर्दै नेता प्याकुरेलले भने रुपनगर चाैकमा याे स्मारक निर्माणले सुन्दरतासंगै यस ठाउँकाे पहिचानलाई उच्च राख्ने छ । याे स्मारक निर्माण संगसंगै यहाँ आँपको भण्डारणपनि निर्माण गरिने उनले जानकारी दिए ।
उक्त कार्यक्रममा एमाले, काँग्रेस, जनमत, जसपा, रास्वपा, माओवादी केन्द्र, राप्रपा लगायत पार्टीका स्थानिय नेता तथा कार्यकर्ता र समाजसेवी, जनप्रतिनिधि, युवा महिलाकाे बाक्लाे सहभागिता थियाे।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी