असार २४, सप्तरी ।
सप्तरीको राजविराजमा राजबिराज मेयर कप क्रिकेट लिग सिजन–साताै सप्तरी प्राईड लिग( एसपियल) खेल आयोजन असार २६ गतेबाट हुने भएकोको छ ।
सप्तरी क्रिकेट सँघकाे आयाेजनामा तथा राजबिराज नगरपालिकाकाे सहयाेग र नेपाल क्रिकेट सँघ र मधेश प्रदेश क्रिकेट सँघकाे सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो।
सप्तरी क्रिकेट संघका सचिब चन्दन कुमार यादवको अनुसार –
‘सप्तरी प्राइड लिग – सिजन ७’ (पहिलेको नाम सप्तरी प्रिमियर लिग) २०८२ सालको राजविराज मेयर कप महिला प्राइड लिग – सिजन २ को सफल आयोजनापछि, अब पुरुषतर्फको लिग सुरू हुने भएकाे छ।
स्थानीय पवि मावि खेल मैदानमा संचालन गरिने प्रतियोगितामा ८ वटा टीमको सहभागिता रहने सप्तरी क्रिकेट संघका सचिव यादबले बताए ।
प्रतियोगितामा राजबिराज राजदेबी राेयल्स, कंचनरूप राईनाेज्स, रूपनी राईडर्स, खडक वारियर्स, राजगढ वारियर्स, हनुमाननगर हिराेईज, तिरहुत टाईर्गस, राेयल च्यालेन्जर बरहीबिरपुर टिमको सहभागिता रहने जनाइएको छ ।
प्रत्येक टिममा सप्तरीका ९ जना अनिवार्य र २ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू बाहिरकाे खेलाईने प्रतियोगितामा लिग कम नक आउटकाे आधारमा दुई वटा पुल राखेर खेलाईनेे जानकारी भएको छ।
आयोजित प्रतियोगिताको प्रत्यक्ष प्रशारण मधेश प्रदेश क्रिकेट संघको युटयुव पेजबाट हुने र क्रिकक्लवबाट अनलाइन स्कोरिंग हेर्न सकिने उनले जानकारी दिएका छन् ।