• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नव आगन्तुक एसपी केसी र पत्रकार भेटघाट

img

राजबिराज /असार २४ – प्रहरी प्रधान कार्यालय अपराध अनुसंधान युएन शाखाबाट सरुवा भई राजबिराज आएका एसपी गाैतम कुमार केसीले सप्तरीमा शान्ती सुरक्षा लगायत कुनैपनि किसिमकाे अपराधकाे न्युनिकरण गर्ने बताए । राजबिराज स्थित जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकारहरूसंग भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्ताे बताएकाे हाे ।

पत्रकारहरूकाे जिज्ञासामा उनले भने जिल्ला प्रहरी कार्यालयमा थन्किएका मुद्धाहरूकाे फायल खाेलेर कानुन बमाेजिम प्रक्रीयामा लैजाने छु । पत्रकारहरूसंगकाे भेटघाटले आफुमा एउटा उर्जा थपिएकाे भन्दै एसपी केसीले यसपछि राजनीतिक दल प्रतिनिधिहरूसंग बसेेर सुझाव सल्लाह लिने बताए ।

ढकेन्द्र खतिवडाकाे ठाउँमा सरुवा भई एक हप्ता अघि आएका एसपी केसीले गाँजा तस्कर, चाेरी तस्कर र भान्सार छली अवैध ओसार पसार लगायत पक्राउ गरि आवश्यक कार्वाही गरेकाे जानकारी दिए । उनले जिल्लाका ५५ वटै युनिटमा भेटघाट गरेर प्रहरीलाई निश्पक्षढंगले नियम बमाेजिम काम गर्न सुझाव दिएकाेबताए ।
२०६१ सालमा प्रहरी निरिक्षक दर्जामा प्रवेश गरेका एसपी केसीले सिविआइ, अख्तियार हुँदै अपराध अनुसन्धान हेर्दै आएको जानकारी गराए ।
सो कार्यक्रममा पत्रकारहरुले प्रहरीकाे भुमिकामा खाेट लगाउदै अब सच्चिएर जानुपर्ने सुझाव दिए । जिल्लाका यावत समस्याहरू औल्याउदै पत्रकारहरुले त्यसको समाधान र नियाकरणका लागि एसपी केसीसंग निवेदन गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले केसीकाे कार्यकाल सफलताकाे शुभकामना दिदै प्रहरी पत्रकारमैत्री बनेर पत्रकारकाे हकहीतका लागि साथ सहयाेग दिन माँग गरे ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी