• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एमाले मधेश प्रदेश कमिटीकाे चारबुँदे विशेष प्रस्ताव

img

डम्बर राई
असार २९ गते, कञ्चनरुप- नेपाल कम्युनिष्ट पार्टी ( एमाले) मधेश प्रदेश कमिटीकाे चाैथाे पूर्ण बैठकले साँगठानिक बिषय र कार्यबिभाजन सम्बन्धी निर्णय गर्दै केही विशेष प्रस्ताव पारित गरेका छन् । प्रस्तावहरू मध्ये चारवटा विशेष प्रस्ताव रहेका छन् ।
नेकपा (एमाले) मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले शनिबार अबेर प्रेस नाेट जारी गरि बिशेष प्रस्तावबारे जानकारी दिइएकाे छ ।
पहिलाे विशेष प्रस्तावमा मधेश प्रदेशमा लामाे समयदेखि आवश्यक पानी नपरेको कारण मधेश प्रदेशलाई सुख्खा क्षेत्र घाेषणा गरि सिंचाई तथा खानेपानीकाे बैकल्पिक ब्यवस्था गर्न आवश्यक बजेट परिचालन गर्न केन्द्रीय सरकारसंग जाेडदार माँग गर्ने खुलाइएकाे छ । दाेस्राेमा मधेश प्रदेश कृषि फर्म गर्न उर्वर भुमी हाे, कृषि फर्मका लागि असार र साउन महिना महत्वपू्र्ण समय हाे तर यस समयमा किसानलाई आवश्यक मलखादकाे अभाव देखिरहेकाे छ । अत: यथासक्दाे चाँडाे मलखादकाे ब्यवस्था गर्न केन्द्रीय सरकारसंग जाेडदार माँग गर्ने भनिएकाे छ ।

यस्तै विशेष प्रस्तावकाे ३ नम्बरमा मधेश प्रदेश लगायत मुलुकभर डेङ्गु राेगकाे संक्रमण तिब्र गतिमा फैलिदैछ । यसबाट हजाराै जनता प्रभावित भएका छन् । यसलाई यथासक्य चाँडाे नियन्त्रण र आवश्यक राहतको कार्यक्रम ल्याउन माँग गरेकाे छ ।
र अन्तिम बुँदामा लम्पी स्किन पशुराेगले गर्दा मधेशका पशुपालक किसानहरूकाे हजाराै पशुहरूकाे मृत्यु भएकाे छ । त्यति नै संख्यामा बिरामी पनि छन् । प्रभावकारी किसानहरूलाई राहत र लम्की स्किन पशु राेग नियन्त्रण गर्न तत्काल आवश्यक प्रभावकारी योजना ल्याउन माँग गरिएकाे प्रेस नाेटमा उल्लेख गरिएकाे छ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी