• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार सुचना प्रविधि

अन्तरिक्ष भ्रमण सकेर “अक्सियम मिशन४” पृथ्वीमा फर्किँदै, नासाले प्रत्यक्ष प्रसारण गर्ने

img

२८ असार, अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।
नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए ।
यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वीमा फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ ।अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे ।

२८ असार, अमेरिका । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन-४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रीहरूको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।
नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन-४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए ।
यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्याण्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वीमा फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरे ।

सम्भार-अनलाइन खबर

img

Share:
img

ताजा अपडेट

क्याटोगरी