• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजबिराजमा आयोजित क्रिकेट प्रतियोगितामा आज कञ्चनपुर राइनोज विजय

img

असार २९ गते, राजविराज।
सप्तरीको राजविराजमा संचालित सप्तरी प्राइड लिग क्रिकेट प्रतियोगितामा चौंथो दिनको पहिलो खेलमा कञ्चनरूप राइनोज विजयी भएको छ । आइतबार
राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा राजगढ वारियर्सलाई पाँच विकेटले पराजित गर्दै कंचनरूप राईनाेजले जित हाँसिल सफल भएको हो ।
राजगढ वारियरले दिएको १२५ रनको लक्ष्य कञ्चनरूप राइनोजले १६ ओभरमै पाँच विकेट गुमाएर छुन गयो।
राइनोजको ब्याटिङमा ओपनर राकेश कामतले अर्धशतक बनाउने क्रममा २५ बलमा ८ चौका र तीन छक्काको मद्दतले ५४ रन प्रहार गरेका थिए। यस्तै रासिद खानले ३० बलमा ३१ रन तथा रोनक सिंहले २४ बलमा अभिजित रहँदै १७ रन बनाए ।
यता राजगढ वारियर्सका बलर बिक्की पासवान र रोशन यादवले समान दुई विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
वारियर्सको लागि नयन यादवले सर्वाधिक ३३ रन तथा रोशन यादवले ३२ रन मात्र बनाएका थिए । अजित यादवले १५ तथा मनिष यादवले अविजित १४ रन बनाए ।
कञ्चनरूप राइनोजको बलिङतर्फ राशिद खान, उमेश चौधरी र अभिमन्यु सरदारले समान २ विकेट लिए । मुकेश सिंहको नाममा १ विकेट रह्यो ।
खेलको प्लेयर अफ द म्याच कञ्चनरुप राइनोजका राकेश कामत घोषित भएका छन् । उनलाई २ हजार १ सय नगद रु बाट  पुरस्कृत  गरे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी