• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको एक विद्यालयलाई सिटिजन्स बैंकद्वारा शुद्ध पिउने पानी फिल्टर मसिन प्रदान

img

असार २९ गते, राजविराज।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, शाखा कार्यालय कल्याणपुर द्वारा सप्तरीका एक विद्यालयलाई शुद्ध पिउने पानी फिल्टर मेसिन प्रदान गरेको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खडक नगरपालिका वडा नम्बर ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय मझोलाई  शुद्ध पिउने पानीको मेसिन (RO फिल्टर) प्रदान गरिएको हो ।
बैंकले विद्यार्थीहरूको स्वास्थ्यलाई लक्षित गर्दै विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीका लागि प्रदान गरिएको मेसिनको सहयोगले गुणस्तरीय शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको बैंकको भनाइ छ।
कलस्टर प्रमुख प्रकाश नेपालले विद्यालयमा पिउने पानीको उचित व्यवस्था नहुनाले विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै आरओ फिल्टर जडान गरिएको जानकारी दिए। “हामी बैंक मात्र होइन, समाजप्रति उत्तरदायी संस्था पनि हौं,” उनले भने ।
विद्यालयका प्रधानाध्यापक किशोर कुमार चौधरीले सिटिजन्स बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयमा शुद्ध पिउने पानीको सुविधा अभाव रहेको र उक्त मेसिनले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “हामीजस्ता ग्रामीण विद्यालयमा यस्ता सहयोगले ठूलो अर्थ राख्छ,” चौधरीले भने।
कल्याणपुर शाखा प्रमुख फिरोज अहमदले बालबालिकाको स्वास्थ्य र विकासप्रति बैंक सदैव संवेदनशील रहेको उल्लेख गर्दै भविष्यमा पनियस्ता सामाजिक कार्यमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
“शिक्षा र स्वास्थ्य कुनै पनि राष्ट्रको मेरुदण्ड हो उनले भने,।’यी दुई क्षेत्रमा लगानी गर्नु भनेको भविष्यमा समृद्ध राष्ट्र निर्माणतर्फको लगानी हो।’
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न विद्यालय, स्वास्थ्य चौकी, सार्वजनिक स्थलहरूमा सहयोग गर्दै आएको छ। यस किसिमको सहयोगले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सघाउने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्रामीण क्षेत्रका सामाजिक संस्थाहरूमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको सिटिजन बैंकका कर्मचारी परीबेश मिश्रले जानकारी दिए ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैकका कर्मचारी संजिव गुप्ता, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक विद्यार्थी तथा स्थानीय बुद्धिजीवी, समाजसेवीहरु उपस्थित रहेको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी