न्युज 1नेपाल सम्वादाता
भारदह,साउन ११ गते – सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका ३ पानीट्याङ्की टाेलका एक युवकले गलामा पासाे लगाई आत्महत्या गरेको छ । हरिस कुमार खड्गाकाे २५ बर्षिय छाेरा अरबिन्द कुमार खड्गाले आफ्नै सुत्ने कोठाको सिलिङ्ग पंखामा सलकाे पासाे लगाई आइतबार बिहान ९ बजे झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएकाे छ।
ईप्रका कंचनपुरका डिएसपी माधव काफ्लेकाे अनुसार पंखामा झुण्डिएकाे अवस्थामा देखेर मृतक खड्गाकाे पत्नी निकुदेवी खड्गाले पासाे काटेकी थिइन तर त्यसबेला उनकाे मृत्युु भइसकेकाे थियाे । घटना लगत्तै इलाका प्रहरी कार्यालय भारदहमा जानकारी हुनसाथ त्यहाँबाट प्रहरी बरिष्ठ नायव निरिक्षक गाेबिन्द घिसिङकाे कमाण्डमा प्रहरी टाेली पुगी घटनास्थल सुरक्षित राखेका थिए ।
थप अनुसंधान तथा कानुनी प्रक्रियाका लागि तालुक ईलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरिक्षककाे कमाण्डमा साेकाे समेत टाेली खटि त्यहाँ पुगेका थिए । आजै शवकाे पाेष्टमार्टम गरीएकाे छ । प्रहरीकाे प्रारम्भिक अनुसंधान अनुसार हत्यामा कुनै शंकास्पद देखिएकाे छैन ।