• img
  • img
img img img
Categories
कृषि राष्ट्रीय समाचार

मिटरब्याजी पिडितकाे जग्गा कब्जामा लिई धान राेपिदिए मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीले

img

 

डम्बर राई

साउन १०- मिटरब्याज बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीले आज एक पिडितलाई उद्धार गरेकाे छ । जिल्लाकाे कञ्चनरूप नगरपालिका वडा नम्बर ११ स्थित ठेलिया नयाँ बजारका मिटरब्याजी पिडित ओम नारायण प्रमाणीकाे जग्गा कब्जा गरि उद्धार गरेकाे हाे ।

दुई बर्षदेखी साहुले मेराे जग्गा हाे भन्दै खेती गर्नबाट राेक लगाएकाे जग्गामा शनिबार कार्यसमितिले कब्जा गरि १६ कठ्ठा १८ धुरमा धान राेपिदिएका छन् । विभिन्न नाराका लगाउदै ठेलिया नयाँ बजारबाट कार्यसमितिका अध्यक्ष बिरेन्द्र सिंहकाे अध्यक्षतामा निस्केका मिटरब्याजी पिडित समूहका जुलुसले ठेलिया बजारकाे विभिन्न एरिया परिक्रमा गरि राेपाईमा सहभागी भएका थिए ।

धान राेपाईमा सैयाैकाे संख्यामा सहभागी रहेकाे कार्यसमिति सचिव बिजय चाैधरीले बताए । पिडितकाे सम्पति फीर्ता गर, आयोगको कार्यविधी लागू गर, आर्थिक शाेषण बन्द गर, बित्तिय दलाल मुर्दावाद, बैंककाे ज्यादत्ती बन्द गर, लघुबित्त संस्था खारेज गर, साहुकाे सम्पती छानबिन गर, किसान मजदुर आन्दोलन जिन्दावाद लगायत नारा लगाएका थिए । चाैधरीकाे अनुसार मिटरब्याज बिरूद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड जिल्ला कार्यसमिति सप्तरीले गत तीन बर्ष यता साहुले ठगेर आफ्नो नाममा हडपेकाे जग्गा मिटरब्याजी पिडितलाई फीर्ता गराउन सहयाेग गरेका छन् । कञ्चनरूप ५ का जीतन चाैधरीकाे ३ कठ्ठा १० धुर जग्गा पिडक साेही वडाका मनराज साहुबाट कब्जा गरि उद्धार गरेकाे उदाहरण दिदै सचिव चाैधरीले भने, जिल्लामा मिटरब्याजी पिडकले आफुले सावा ब्याज असुल गरेरपनि धीताेमा राखेकाे जग्गा फीर्ता नगरी अन्यब्यक्तीलाई बिक्री गर्दै आएको समस्याहरू धेरै छन् ।

२०६८ सालमा जिल्लाकाे हाल हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह निवासी गुनेश्वर राउतसंग प्रमाणीले ३ लाख रूपैया लिई १६ कठ्ठा १८ धुर जग्गा दृष्टि बन्धक गरिदिएका थिए । पिडित प्रमाणीले २०६९ सालमा ऋण वापतकाे १ लाख, ०७० सालमा ६० हजार र ०७१ सालमा १ लाख २० हजार रुपैयाँ गरि जम्मा २ लाख ८० हजार फीर्ता गरिसकेकाे रेकर्ड छ । तर पिडक राउतले २०७२ सालमा जालसाँची गरेर स्थानिय ललितादेवी साहलाई बिक्री गरेछ पिडितले भने आफुले राउतसंग जग्गा फीर्ता गर्न अनेक दाैडधुप गर्दागर्दै २०७९ मा ललिताले जिल्ला प्रशासन कार्यालयबाटआफ्नो नामकाे जग्गा भन्दै खेती गर्नबाट राेक लगाएकाे थियाे ।

०७९ बाट आफ्नो जग्गामा ठेलियाकै राधेश्याम मण्डलले गर्दै आए पिडितले दुखेसाे पाेखे । आफ्नो जग्गाका लागि २ बर्षदेखि प्रहरी प्रशासन, अदालत लगायत न्यायपालिकामा दाैडधुप गर्दै आएको उनले बताए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी