न्युज 1 नेपाल संवादाता
राजबिराज/ साउन १४- सप्तरीकाे राजगढ गाउपालिमा २ स्थित कमलपुर गाउँबाट प्रहरीले अवैध मदिरा पक्राउ गरेका छन् । अवैध रुपमा मदिराजन्य वस्तु स्टाेर गरि भारत तर्फ बिक्री गरिरहेकाे भन्ने गाेप्य सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चाैकी झुटकीबाट खटी गएका प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार जाारी गरेकाे प्रेस बिज्ञप्तीमा मामाश्री दिलवाले ६ सय ४१ कार्टुन, खुल्ला ४ सय १० पिस,कर्णाली गाेल्ड ५ कार्टुन, खुल्ला २ सय ४० पिस, कस्तुरी रक्सी ४३ कार्टुन,२५ पिस खुल्ला किङग फिसर बियर क्यान ४७ कार्टुन, ब्रिक्स रक्सी ४ कार्टुन, गाेर्खा बियर क्यान २० कार्टुन, अर्ना बियर क्यान ३ कार्टुन पक्राउ गरेकाे उल्लेख छ । साथै मदिरा ओसार पसारमा प्रयाेग भएका ४ थान मोटरसाइकल, तथा ३४ थान साइकल समेत फेला परेकाे बिज्ञप्तीमा खुलाइएकाे छ ।
मंगलबार बिहान साढे ६ बजेकाे समयमा बरामद गरिएकाे उक्त चिजवस्तुहरू १६ लाख, ४५ हजार ९ सय १५ रूपैयाँ बरावरकाे रहेकाे जनाइएकाे छ । बिज्ञप्तीमा उल्लेख अनुसार उक्त सामानहरू जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएकाे छ ।
घटनास्थलमा प्रहरी उपरिक्षक गाैतम कुमार केसी, प्रहरी निरिक्षक बिरेन्द्र कुमार यादव र झुटकी प्रहरी चाैकीका प्रहरी बरिष्ठ नायव निरिक्षक हरिष बहादुर चन्द र सप्र बल नेपाल बाेर्डर आउट पोस्ट बनैनियाका सहायक प्रहरी निरिक्षक गणेश बहादुर न्याैपाने समेतकाे संयुक्त टाेली पुगेकाे जनाइएकाे छ ।