‘पानी’ मानव जातिको लागि मात्र नभई ब्रह्माण्डमा रहेका समस्त जीवजन्तुहरु र रुख- बिरुवाहरूका लागि आवश्यक छ। पृथ्वीमा पानीको बिना बाँच्न कल्पा कल्पना गर्न सकिँदैन। समस्त जीव जगतको आधार नै पानी हो। पानीको बिना पृथ्वीमा रहेका हरेक जीवजन्तुहरू जीवित रहन असम्भव छ। पृथ्वीको अधिकांश क्षेत्र पानीले अर्थात् समुद्रले भरिएको छ। तर पृथ्वीको भूमिगत पानीको अभाव बढ्न थालेको छ। साँच्चै भन्नुपर्दा यतिबेला पानीको कमी संसारका अधिकांश देशहरुमा विकराल समस्या उत्पन्न गरेको छ। भूजल (भूमिगत पानी) एउटा अति महत्वपूर्ण प्राकृतिक संसाधन हो। तर यसलाई सही मायनेमा मानिसले उपयोग गर्न नसकेर दुरुपयोग गर्नाले समस्या उत्पन्न बढ्न थालेको हो।
धारातलको दुईतिहाइ भाग पानीले घेरिएको छ। तर यसको २ देखि ३% सम्म नै पानी प्रयोग गर्न योग्य छ। आज भारतसहित नेपालको मधेस प्रदेश वा भनु तराई प्रदेश जल संकट समस्याहरूसँग जुझिरहेका छन्। यस वर्ष त वर्षा नहुनुले गर्दा जमिनमुनि पानी पुग्न सक्नु त के हो के! अधिकांश जग्गामा धान रोप्न समेत वर्षा भएको छैन। अर्थात् वर्षाको पानीले जमिनको माथिल्लो परत पनि राम्ररी भिग्न सकेको छैन। वर्षा नभएर किसानहरू भूगर्भिय पानीलाई बोरिङको माध्यमले दोहन गर्दै खेत सिंचित गर्न विवस छन्। एक -दुई वर्ष यस्तै अवस्था रहिरह्यो भने तराईमा पिड्ने पानीको घोर संकट उत्पन्न हुन सक्ने सम्भावना प्रबल छ। हुन त कुनै पनि देश राज र क्षेत्रको सम्पन्नता तथा सभ्यता को विकासमा जलको योगदान महत्वपूर्ण हुन्छ। तराईमा ९९ प्रतिशत पिउने जलको आपूर्ति भूमिगत जलमा निर्भर छ। यति मात्र नभई खेतीबारी तथा उद्योग कारखाना प्रयोग गर्ने गरिन्छन्।
यद्यपि यतिबेला भूमिगत जलमा कमी आउन थालेको छ। तराई पर्सा बारा लगायत धेरै स्थानहरूमा कल टुवेलको पानी सुकिरहेको छ बीरगंजमा सरकारले ४ देखि ५०० फिट बोरिङ गरी पानीको आपूर्ति गर्न विवश छन्। तर यो स्थिति पनि धेरै दिनसम्म रहने छैन। दिनप्रतिदिन पानीको धारातल अझ तल गइरहेको अवस्था छ।
वर्तमान परिवेशमा बढिरहेको सहरीकरण, आधुनिककरण, औद्योगिकरण, कृषि मसिनरीकरण र वैज्ञानिक प्रगतिको कारणले गर्दा भूजल माथि दबाब बढ्दै गइरहेको छ। आवश्यकताभन्दा बढी भुजलको दोहन भइरहेको छ। जसकारण भूगर्भिय जल सुक्न थालेको छ। अर्कोतिर ग्लोबल तापक्रम बढ्दै जानाले मृदा सतहबाट बाष्पन तथा रुखहरुमा वाष्पोत्सर्जन दरमा वृद्धि हुन्छ। जसले गर्दा भूमिभित्र नमीको कमी हुनुले भुजल स्तरमा पनि प्रभावित हुन्छ। यस बाहेक जलवायु परिवर्तनको कारण वर्षाको कमी तथा त्यसको बदलावले पैटर्नको पनि भूजल स्तरमाथि प्रतिकूल प्रभाव पारिरहेको छ। भुजल स्तरमा कमीको एक मुख्य कारण भने कम वर्षा र बर्पवारीमा लगातार गिरावट हुँदै जानु पनि हो।
भूगर्भिए जलमा जल भण्डारको कमीले गर्दा त्यसभित्र का पानी प्रदुषित हुने गर्दछ पृथ्वीमा भूजल कम हुनुले अनेक क्षेत्रका हानिकारक तत्वहरु जस्तै आर्सेनिक ,कैडसियम,क्लोराइड, निकिल तथा कोमियनको सान्द्रता पनि बढ्दै गएको छ। यस प्रकारको प्रदूषित पानी मानिसको स्वास्थ्यमा विभिन्न प्रकारको रोग उत्पन्न गर्ने गर्दछ।
आज सम्पूर्ण तराई स्वच्छ पिउने पानीको समस्यासँग सङ्घर्ष गरिरहेका छन् ।तराईको कतिपय क्षेत्र डार्क जोनको श्रेणीमा पुगिसकेको छ। यस्ता क्षेत्रमा भूजलको भण्डार समाप्त हुन थालेको छ वा यति धेरै तल पुगिसकेको छ कि त्यति तलबाट पानी निकाल्न ठूलो समस्या छ। त्यसो भएको हुनाले भूजल संरक्षण गर्नु आजको आवश्यकता हो। यसका लागि सरकारले तराईमा रहेका ताल पोखरीहरूलाई संरक्षण गर्नु आवश्यक छ। ताल पोखरीको माध्यमले हामी भूमिगत जल अस्तरलाई माथिल्लो असरसम्म पुर्याउन सक्छौ वर्षाको पानीलाई हामीले तालपोखरीमा लगेर संरक्षित गर्न सक्छौ। यस्तै भूजल कम दोहन गर्नका लागि खेतीयोग जमिनहरूमा नहरको निर्माण गर्नुपर्दछ। किनभने नेपालका अधिकांश नदीका पानीहरू भारत हुँदै समुद्रमा पुग्दछन्। यस पानीलाई नहरको माध्यमले खेतीयोगी भूमिलाई सिञ्चित गर्न सक्यो भने बोरिङ बाट भुजल निकाल्ने परम्परा मा कमी हुनेछ। अत सरकारले यसतर्फ ध्यान दिनु आवश्यक छ।