न्यूज 1 नेपाल संवादाता
साउन १६ गते, झापा । झापाको मेचीनगर नगरपालिका वडा नं-९ खुट्टिडाँगीस्थित भित्र जाने सडक खण्डमा सवारी दुर्घटनामा हुँदा एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन् ।
स्थानीय पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको निजी भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परी भ्यानमा सवार चालक सहचालक सहित छात्र छात्राहरू घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तर दिशामा पर्छ ।
घटनापछि धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको कमाण्डमा टोली खटि घटनास्थलमा पुगेर प्रहरी समेत स्थानीयवासीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेका थिए ।
दुर्घटनामा घाइते भएकामध्ये तीनजना विद्यार्थीको अवस्था सामान्य चोटपटक रहेको छ भने अन्य धेरैजसोको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मदिरा सेवन नगरेको पुष्टि भएको छ । तर स्कुल भ्यानको प्रविधिगत अवस्था भने कमजोर रहेको देखिएको छ ।
झापामा अधिकांश सामुदायिक तथा निजी विद्यालयले प्रयोग गर्दै आएका पुराना र जीर्ण सवारीसाधनले विद्यार्थीको ज्यान जोखिममा परेको अभिभावक गुनासो गरेका छन् ।
स्थानीयवासीले विद्यालय सवारीसाधनको नियमित निरीक्षण, मर्मत तथा चालकको दक्षताको अभाव रहेको आकलन गरिएको छ।