साउन १६ गते,काठमाडौं । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खान सहित पार्टीका १०८ जना सदस्यलाई जेल सजाय सुनाएको छ ।
उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोपलाई सदर गर्दै जेलमा पहिले देखि रहेको इमरान खान समेतलाई सजाय सुनाएको हो ।
सन् २०२३ को मे महिनामा सुरक्षा बलका टोलीले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो । इमरानलाई पक्राउ गरिएको विरोधमा देशभरि नै हिंसात्मक प्रदर्शन भएका थिए ।
बिहीबार अदालतद्वारा आएको यो फैसलाले इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) लाई ठूलो नुक्सान भएको मानिएको छ ।
सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाको विपक्षी नेता उमर अयुब खान पनि रहेका छन्, जसलाई अदालतले १० वर्षको जेल सजाय सुनाइएको थियो ।
विपक्षी दलका नेताहरूले भने आतंकवाद विरोधी अदालतको निर्णयको निन्दा गरेका छन् । यो फैसलामार्फत पीटीआईका ६ जना सांसद समेतलाई अयोग्य घोषणा गरिएको छ।