• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बारामा कारखानाबाट निस्केका दूषित पानीमा एक बालकको मृत्यु हुँदा सव प्रदर्शन

img

न्यूज 1 नेपाल संवादाता

साउन १७ गते, बारा । कारखानाबाट निस्केको प्रदूषित पानी जमेको कुलोमा डुबेर एक बालकको मृत्यु हुँदा मृतककी आमा सहित स्थानीयद्वारा शनिबार सब तेर्साएर प्रदर्शन गरेका छन्।
उद्योग कारखानाको लापरबाहीले गर्दा प्रदुषित पानी खाल्डोमा पुरिएको र सो पानीमा बालकको मृत्यु भएको भन्दै मृत्यु हुने बाराको जितपुरसिमरा उपमहानगरपालिका-५ का १३ वर्षीय बालक सन्दीप मुखियाको ज्यान गएको भन्दै मृतकका आमा अञ्जुसहित स्थानीयले जितपुर सिमरा उपमहानगरपालिका-३ स्थित गणपति र नन्दन उद्योग अगाडि शव तेर्स्याएर प्रदर्शन गरेका हुन्। एक दिन अघि शुक्रबार शुक्रबार जितपुरसिमरा-५, स्थित सिरसिया कुलो (बर्खि बाँध)मा डुबेर मृत्यु भएको थियो।
उक्त क्षेत्रको गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिल लगायतका उद्योगबाट निस्कने प्रदूषित र रसायनयुक्त पानी उक्त कुलो हुँदै बग्ने गरेको छ। प्रशोधन नगरी छोडिएको प्रदूषित पानीका कारण उक्त क्षेत्र अत्यन्तै दुर्घन्धित समेत हुनेको गरेको छ। उक्त दुर्घन्धित र प्रदूषित पानीमा बालकको शव भेटिएपछि शल्य परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको र शल्यपरीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको जनाएको छ।

घटनाबाट आक्रोशित परिवारसहित प्रदर्शनकारीले उद्योगको लापरवाहीले बालकको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाही गर्न माग गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाबाट आक्रोशित परिवार र स्थानीयले उद्योग अगाडि प्रदर्शन गरिरहेको जानकारी दिए। डीएसपी जोशीले पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिए।

‘घटना निकै दुःखद छ। बालकको शव तेर्स्याएर पीडित पक्ष उद्योग अगाडि बसिरहनुभएको छ’ डीएसपी जोशीले भने ‘हामीले सबै पक्षलाई एकै ठाउँमा राखेर छलफलको वातावरण बनाएका छौं। अहिले छलफल चलिरहेको छ।’ यता घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाले शनिबार उद्योगले प्रदूषित पानी छाड्ने गरेको स्थानमा डोजर लगाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी