न्यूज 1 नेपाल संवाददाता
भारदह/ साउन १८ गते । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ काे वडा कार्यालयमा स्थानियवासीले तालाबन्दी गरेका छन् । सडक सुचारू गर्न राखिएकाे ह्युमपाइप वडाध्यक्षले अन्तै दिएपछि साविक स्थानमै ल्याउन माँग गर्दै आइतबार स्थानियहरूले वडा कार्यालयमा ताला लगाएकाे हाे ।

वडावासीले आइतबर जारी गरेकाे प्रेस बिज्ञप्तीमा भनिएकाे छ स्थानिय तह गठन हुनुपूर्व करिव ३० बर्ष पहिला तत्कालिन गाबिस अध्यक्ष सहित जनप्रतिनिधीहरूकाे पहलमा खरिद गरि वडा कार्यालयकाे सामुन्नेकाे मुलसडकमा बाढीले हुनसक्ने क्षतिकाे राेकथामका लागि याे ह्युमपाइप राखिएकाे थियाे । 
याे ह्युमपाइप वडाध्यक्षले अन्तै दिएकाे कुरा सार्वजनिक भएपछि स्थानिय भद्रभलाद्मी, समाजसेवीहरू बसी वडाध्यक्षलाई फाेन मार्फत जानकारी लिन खाेज्दा काेहाे समाज? म सबैलाई चिन्दछु , म वडाकाे मालिक हुँ मलाई जहाँ मन लाग्छ त्यहाँ दिन्छु भन्दै रवैया देखाएकाे बिज्ञप्तीमा उल्लेख गरेका छन् । बिज्ञप्तीमा भनिएकाे छ उनकाे रवैयाप्रति भाेलिपर्टै साउन ३ गते मधवापुर स्थित बिधालयमा सबै भेलाभई वडाध्यक्षलाई बाेलाउदा समेत अटेर गरि नआएकोले पुन साउन १० गते संघर्ष समिति गठन समेत गरिएकाे थियाे । 
तेस्राे पटककाे सबै स्थानियहरूले वडामै पुगेर ज्ञापन पत्र दिएका थिए । ३ वटा माँगहरू राखी निवर्तमान वडाध्यक्ष नागेश्वर मण्डलकाे नेतृत्वमा ३०/३५ जनाकाे समूह वडा कार्यालय नै पुग्दापनि कुनै मतलवै नगरेकाे बिज्ञप्तीमा खुलाईएकाे छ ।
वडाध्यक्षकाे सामान्तीकरणलाई ताेड्न तथा आफुहरुको माँग पूरा गर्न गठित संघर्ष समितिले ७ दिनभित्र मागेकाे जवाफ नआएपछी साउन १८ गते वडा कार्यालयमा तालाबन्दी गरेकाे हाे । तालाबन्दीबाट स्थानिय, सर्वसाधारणमा पर्नजाने असर र उक्त बन्दीबाट हुने सबै क्षतिकाे भागिदार वडाध्यक्ष स्वंय हुने समेत बिज्ञप्तीमा खुलाईएकाे छ ।