न्युज 1 नेपाल संवाददाता
कञ्चनरुप / साउन २१ गते – भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरी प्रहरीले नक्कली नाे काराेवारमा दुईजनालाई पक्राउ गरेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका २ बस्ने २६ बर्षीय राजेशकुमार रजक र साेहि नगरपालिका १ बस्ने २५ वर्षीय राजेश चमार रजकलाई बुधबार पक्राउ गरेकाे हाे ।
उनिहरूलाई कोशी गाउँपालिका ८ सुनसरी स्थित भीमनगर बोर्डर पोस्टबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
प्रहरीले चेकजाँच गर्नेक्रममा लु ९२ प २३८० नम्बरको मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली हजारका ३८ थान नोट बरामद भएको थियाे । प्रहरीकाे अनुसार सबै नाेट नक्कली रहेकाे छ ।
बरामद भएको नोटसहित दुवै जनामाथि अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएकाे छ ।