• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

टेम्पु र माेटरसाइकल ठाेक्किदा चाैधरीकाे ज्यान गयाे

img

न्युज 1 नेपाल संवादाता

कञ्चनरुप/ साउन २६ गते- सप्तरीकाे शम्भुनाथ नगरपालिका-८ पोखरिया स्थित भित्री सडक खण्डमा टेम्पु र माेटरसाइकल ठाेक्किदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । शम्भुनाथ नगरपालिका २ कनकपट्टी बस्ने शुवरण चाैधरीकाे छाेरा २४ बर्षिय अजय कुमार चाैधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

साेमबार बिहान साढे ८ बजेकाे समयमा पाेखरियाबाट देवघाट जाँदै गरेकाे प्रदेश २-०१-००१ स १०२५ न. को टेम्पु रिक्सा र बिपरित दिशाबाट आँउदै गरेको मधेश प्रदेश ०१-००५ प ५७३३ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । घटनामा चाैधरीकाे शरीरको बिभिन्न भागमा चोट लागि उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पुर्याइ इसिजी गर्दा डाक्टरले मृत्यु घोषणा गरेकाे थियाे ।

टेम्पु चालक शम्भुनाथ नगरपालिका-८ पोखरिया बस्ने ४५ बर्षिय मणिलाल मण्डलको टाँउको र शरीरको बिभिन्न भागमा चोट लागेकाे प्रहरीले जनाएकाे छ । प्रहरीकाे अनुसार उनकाे र उनका पत्नी आशादेवी सामान्य छन् । टेम्पुमा मण्डलकी ४० बर्षिया पत्नी आशा देवि मण्डलपनि सवार थिए । घाईते दम्पतिकाे एडभान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेकाे छ । टेम्पु र मोटरसाइकल प्रहरी चौकि कठाैनाकाे नियन्त्रणमा रहेको जनाइएकाे छ । मृतककाे शव पाेष्टमार्टम गरि आफन्तजनलाई जिम्मा लगाइएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी