• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

माँग सम्वाेधन गराउन चाैथाे चरणकाे आन्दोलनकाे घाेषणा 

img

न्युज 1 नेपाल संवादाता

राजबिराज/ साउन २६ गते- राजविराज नगरपालिका क्षेत्र भित्र रहेको बिटौरी र ब्लक जग्गाको समस्या लगायत विभिन्न माँग राख्दै आएपनि समाधान नभएकाे भन्दै संघर्ष समितिले आन्दोलनको घाेषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दाहाललाई भेटेर साेमबार संघर्ष समितिका संयाेजक इरसाद अन्सारी लगायतका टाेलीले आन्दोलनको घाेषणा गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पुगेका राजबिराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव जनमुक्ति मोर्चा पार्टीको जिल्ला अध्यक्ष दीपेन्द्र चौधरी, संघर्ष समितीका सदस्यहरु लगायत ३५ जनाले आन्दोलनको तालिका पत्र प्रजिअ दाहाललाई बुझाए । जिप्रकाकाे सभाहलमा उनिहरूले आफुहरुको माँग सम्बोधन गराउन चरणबद्ध आन्दोलनकाे कार्यक्रम राख्दै आएको प्रजिअ दाहाललाई सुनाए ।

यस अघिपनि याे संर्घष समितिले आन्दोलन गरेका थिए ।पछिल्लाे पटक माँग सम्वाेधन गराउन तय गरिएकाे चाैथाे आन्दोलन कार्यक्रम अनुसार अगाडीकाे महिना भदाै ५ गते विहिवार गजेन्द्र चौकमा ११०० बजे पत्रकार सम्मेलन गर्ने, भदाै ७ गते शनिवार २ बजे दिउसाे लाठी जुलुस र खबरदारी गर्ने, भदाै ९ गते सोमवार २ बजे दिउसाे सिटी जुलुस गर्ने ।

  •  यसैगरी भदाै ११ गते बुधवार राजविराज नगरपालिका कार्यालयमा २ घण्टा धर्ना दिने,
  • भदाै १४ गते शनिवार ४ बजे मशाल जुलुस निकालिने,
  • भदाै १५ गते आईतवार राजविराज बजार बन्द तथा राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने र
  • भदाै १६ गते सोमबार संघर्ष समिति तथा नगरवासीको वृहत बैठक आन्दोलनको समिक्षां तथा पाँचौ चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने रहेकाे छ ।
img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी