• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

गलामा पासाे लगाईएर झुण्डी मरेकाे अवस्थामा किशाेरी 

img

न्युज 1 नेपाल संवादाता

कञ्चनरुप/ साउन २७ गते – सप्तरीकाे तिलाठी-कोईलाठी गाउपालिका-७ सडेपाल टोलमा एक किशाेरी झुण्डी मृत अवस्थामा फेला परेकाे छ । स्थानिय हाकिम मंशुरीको छोरी १७ बर्षिय गुलशन खातुन आफ्नै घरको छेउमा रहेको छाप्रो भित्र बाँसको बलोमा कपडाको सलको पासो लगाई मंगलबार बिहान ९ बजे झुण्डि मरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीकाे अनुसार मृतककी आमाले देखी प्रहरीचौकी को-बर्साईनमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी घटना स्थल पुगेका थिए । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटिगएको थियाे ।

पाेष्टमार्टमका लागि शवलाई गजेन्द्र नारायण सिंह अस्पताल ल्याईएकाे जनाएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी