सप्तरीमा करेन्ट बाट एकजनाको मृत्यु
भूपदेव माली
साउन २७ गते, सप्तरी। सप्तरीमा करेन्ट लागेर एक जनाको पुरुषको मृत्यु भएको छ।
मंगलबार आफ्नै घरमा रहेको पंखामा विजुलीको तार जोडिन लाग्दा करेन्ट लागेर मृत्यु भएको हो।
मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका वडा नं १,त्रिकौल बस्ने अन्दाजी वर्ष ४२ को भूपेन्द्र विराजी भएको परिचय खुलेको छ।
बेलुकी ०१:३० बजेतिर विराजी आफ्नै घरमा रहेको पंखामा विजुलीको तार जोडिन लाग्दा करेन्टमा चिप्किएर काम्न लागेको देखेर घर परिवारका मानिसहरू विजुलीको तार काटेर उपचारका लागि भारदह स्थित रहेको भारदह अस्पतालमा पुर्याइएको थियो। अस्पतालमा डाक्टरहरुले चेक जाँच गर्दा विराजीको बाटोमै मृत्यु भएको बताए।
परिवारजन एवं ईलाका प्रहरी कार्यालय भारदहको सहयोगमा शवलाई परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको छ।