न्युज 1 नेपाल संवादाता
कञ्चनरूप / साउन २८ गते- प्रेस चाैतारी नेपाल सप्तरीले मधेश प्रदेशकाे राजधानी जनकपुरमा हिजाे मंगलबार नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी, सदस्य र केही पत्रकारहरूमाथी कानुन ब्यावसायिहरुले गरेकाे आक्रमणकाे घाेर भर्त्सना गरेकाे छ । चाैतारी शाखा सप्तरीका सह सचिव नवीन यादव निर्भयले आज प्रेस बिज्ञप्ती जारी गरि आक्रमणको घाेर भर्त्सना गरेकाे हाे ।
महासंघले लिजमा लिएकाे ४ कठ्ठा गुठीकाे जग्गाकाे बिषयलाई लिएर नेपाल बार एशाेसिएसन धनुषाका संलग्न कानुन ब्यावसायिका समूहले महासंघका पदाधिकारी,सदस्य लगायत पत्रकारहरू माथि गरेकाे आक्रमणको चाैतारीले बिज्ञप्ती मार्फत प्रेस चाैतारीले दु:ख ब्यक्त गरेकाे छ ।
बिज्ञप्तीमा गुठी संस्थाबाट कानुनी प्रक्रीया पूरा गरि यहि साउन १९ गतेकाे सम्झाैतानुसार २० बर्षका लागि महासंघले आफ्नो हकमा लिन सबै कामहरु अघि बढिसकेको अवस्थामा कानुन ब्यावसायिहरूकाे समूहले अवराेध खडा गर्दै महासंघका जिम्मेवार पत्रकारहरूमाथि आक्रमण गर्नु कानुन बिपरित भएकाे उल्लेख गरेकाे छ ।
साथै कानुन पढाएर हिड्ने ब्यक्तित्वहरूले साेहि जग्गा कब्जा गर्न खाेज्ने नियत कानुनविपरित भएकाे हाम्राे ठहर भएकाे खुलाई बिज्ञप्ती मार्फत घटनाकाे निष्पक्ष छानबिन गरि पत्रकारहरूमाथि आक्रमण गर्ने कानुन ब्यावसायिहरूलाई कानुनकाे दायरामा ल्याई, पिडितहरूलाई उचित न्याय दिलाउन सम्बन्धित पक्षसंग जाेडदार माँग गरेकाे छ ।