न्युज 1 नेपाल संवादाता
कञ्चनरूप / साउन २८ गते- बैदेशिक राेजगारका लागि कुबेत पठाईदिन्छु भनी एजेन्टले रकम लिई ठगी गरेका एक युवाकाे उद्धार गरिएकाे छ । सप्तरीकाे कञ्चनरूप नगरपालिका वडा न.१० का मोहम्मद राजा शेखले एजेन्टलाई दिएकाे रकम फीर्ता गराई उद्धार गरेकाे हाे ।
कञ्चनरुप नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन इकाई (सामी) कार्यक्रमका कर्मचारीहरुको पहलले बुधबार पिडित शेखलाई १ लाख ७० हजार रूपैयाँ फिर्ता गराएकाे कार्यक्रमकी कर्मचारी राधा नेपालले जानकारी गराउनु भयाे । उहाँकाे अनुसार पिडितकाे रकम असुली गर्न आफुहरुले केही महिना दाैडधुप गर्न परेकाे थियाे । शेखलाई नगरपालिका स्थित ईकाईकाे कार्यकक्षमा उक्त रकम हस्तान्तरण गराइएकाे नेपालले बताउनु भयाे ।