न्युज 1 नेपाल सम्वाददाता
भारदह/ साउन २९ गते ।
सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ काे वडा कार्यालयमा स्थानियवासीले पून: तालाबन्दी गरेका छन् । तीनबुँदे माँग राखि यहि १० दिन अगाडि मधवापुर स्थित वडा कार्यालयमा स्थानियहरूले लगाएका ताला जनप्रतिनिधी समूहले ताेडेपछि आक्रोसमा आइ बिहिबार पून: तालाबन्दी गरेकाे हाे ।
सडक सुचारू गर्न राखिएकाे ह्युमपाइप वडाध्यक्ष माैलि मुखियाले के कति कारणले अन्तै दिएकाे हाे साे ह्युमपाइप साविक स्थानमै ल्याउनु पर्ने, वडा नम्बर ४ मा सरसफाई गर्नुपर्ने लगायत माँग गर्दै आएपनी वडाबाट अटेर गरेपछि साउन १८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।
स्थानियहरूद्वारा लगाइएकाे ताला वडाध्यक्ष माैली मुखिया लगायतका ब्यक्तित्वहरूले २२ गते ताला ताेडेका थिए । स्थानिय जनताकाे माँगलाइ सम्वाेधन नगरी जवरजस्ती ताला ताेडेर वडाध्यक्ष मुखियाले दादागिरी गर्न खाेजेकाे भन्दै हाेमेन्द्र मुखियाकाे नेतृत्वमा दर्जनाैकाे संख्यामा आएका स्थानियहरूले पून: ताला लगाइएकाे जनाइएकाे छ । ३० बर्ष पहिला तत्कालिन गाबिस अध्यक्ष सहित जनप्रतिनिधीहरूकाे पहलमा खरिद गरि वडा कार्यालयकाे सामुन्नेकाे मुलसडकमा बाढीले हुनसक्ने क्षतिकाे राेकथामका लागि राखिएकाे ह्युमपाइप वडाध्यक्षले वडा नम्बर ३ मा दिएकाे थियाे । ह्युमपाइप अघिल्लाे महिनामै अन्त गएकाे थियाे ।
ह्युमपाइप अन्तै दिएकाे कुरा सार्वजनिक भएपछि स्थानिय भद्रभलाद्मी, समाजसेवीहरू बसी वडाध्यक्षलाई बाेलाउदा उल्टै नानाथरी बाेलेका थिए । तत्काल वडाध्यक्षलाई फाेन मार्फत जानकारी लिन खाेज्दा काेहाे समाज? म सबैलाई चिन्दछु , म वडाकाे मालिक हुँ मलाई जहाँ मन लाग्छ त्यहाँ दिन्छु भन्ने शब्द बाेलेका थिए ।
तेसैबेला स्थानियहरुले बिज्ञप्ती जारी गरेका थिए । जारी बिज्ञप्तीमा भनिएकाे थियाे वडाध्यक्षकाे भनाईलाई लिएर भाेलिपल्ट साउन ३ गते मधवापुर स्थित बिधालयमा सबै भेलाभई वडाध्यक्षलाई बाेलाउदा समेत अटेर गरि नआएकोले पुन साउन १० गते संघर्ष समिति गठन गरिएकाे थियाे ।
तेस्राे पटक, सबै स्थानियहरूले वडामै पुगेर ज्ञापन पत्र दिएका थिए ।
३ वटा माँगहरू राखी निवर्तमान वडाध्यक्ष नागेश्वर मण्डलकाे नेतृत्वमा ३०/३५ जनाकाे समूह वडा कार्यालय नै पुग्दापनि कुनै मतलवै नगरेकाे उनिहरूले आरोप लगाउदै आएका छन् ।
तालाबन्दीबाट स्थानिय,सर्वसाधारणमा पर्नजाने असर र उक्त बन्दीबाट हुने सबै क्षतिकाे भागिदार वडाध्यक्ष स्वंय हुने बन्दीकर्ताहरूले जनाएका छन् ।