• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कंकालिनी भगवती मन्दिरमा सरसफाई

img

भूपदेव माली

साउन ३० गते ,सप्तरी।

सप्तरीको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा सरसफाई गरिएको छ।

सशस्त्र प्रहरी बल बेस क्याम्प भारदहका प्रहरी नायब उपरीक्षक विकास अधिकारी नेतृत्वका टोली एवं हनुमाननगर कंकालिनी नगरपालिकाको सहयोगमा शुक्रबार कंकालिनी मन्दिर परिसरमा रहेका फोहोर- मैला सरसफाई गरिएको हो।

मन्दिर परिसर का कुना कप्चामा रहेका प्लास्टिकजन्य वस्तु एवं अन्य प्रकारका फोहोर मैलाहरूलाई टिप्दै नगरपालिकाको फोहर व्यवस्थापन गर्ने गाडीमा हालेर फोहर व्यवस्थापन स्थलमा पुर्याएको थियो।

सरसफाई गर्ने कार्यमा सशस्त्र प्रहरी बल बेस क्याम्प भारदहका प्रमुख प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीका जवानहरू सहित हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र मण्डल, वडा नं ४ का वडा अध्यक्ष मौली मण्डल, नगर शिक्षा समितिका सदस्य थानेश्वर प्रसाद शाह, नगर सरसफाई संयोजक मोहम्मद इमाममुदिन एवं नगरका सरसफाई कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी