• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय प्रदेश समाचार समाचार

भारदहको कोशी कोलोनीमा भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाए 

img

भूपदेव माली

साउन ३० गते, सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं १ भारदह स्थित कोशी प्रोजेक्ट कोलोनीमा भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाएका छन्।

नेपाल र भारतको पदाधिकारीहरू द्वारा दुवै देशको राष्ट्रिय झण्डा राखेर झण्डोत्तोलन एवं दुबै देशको राष्ट्रगान गाएर भारतको ७९औं स्वतन्त्रता दिवस मनाएका हुन्।

स्वतन्त्रता दिवसको अवसरमा भारत तर्फबाट कार्यपालक अभियन्ता, पश्चिमी तटबंध प्रमण्डल वीरपुरका मुकेश कुमार, सहायक अभियन्ता सन्नी कुमार एवं प्रमण्डलीय अभियन्ताका सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो। यसरी नै नेपाल तर्फबाट हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी, सशस्त्र प्रहरी बल बेस क्याम्प भारदहका प्रमुख स.प्रहरी नायक उपरीक्षक विकास अधिकारी तथा सशस्त्र प्रहरी जवानहरू, इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायब निरीक्षक तथा प्रहरी जवानहरु, स्थानीय समाजसेवी सत्यनारायण मण्डल, बद्री पाईक लगायत स्थानीयहरू रहेका थिए।

पत्रकारहरू समेतको उपस्थितिमा भारदहस्थित कोशी कोलोनीको आइबी भवनमा मनाएको स्वतन्त्रता दिवसको झन्डोत्तोलन पश्चात प्रसाद वितरण गरेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी