• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

युवा पत्रकार यादवलाई छुरा प्रहार 

img

  1. न्युज 1 नेपाल संवादाता

राजबिराज/ साउन ३० गते- नया पत्रिका दैनिक सप्तरी सम्वाददाता साैरव यादवाााथि साङ्घातिक आक्रमण भएको छ । राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालकाे मुलगेट अगाडि आफ्ना सहकर्मीहरूसंग कुराकानी गरिरहेकाे बेला माेटरसाइकलमा आएका तीनजनाका समूहले आज छुरा प्रहार गरेका छन् । उनकाे हातमा गहिराे चाेट लागेकाे छ भने टाउकाेमा हेलिमेटकाे चाेट छ । उनलाई छुरा प्रहार गरि टाउकाेमा हेलिमेटले हिर्काएकाे प्रत्यक्षदर्शीहरूकाे भनाई छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले and घटनाकाे बारेमा प्रेस बिज्ञप्ति जारी गरेर दिन दहाडै राजबिराज बजारकाे मुटुमै पत्रकारमाथि भएकाे घटनाकाे घाेर भर्त्सना गरेकाे छ ।

पछिल्लाे समय सप्तरीका पत्रकारहरूले विभिन्न अड्डाहरूकाे बेथिति र सत्यतथ्य समाचार जनता समक्ष पुर्याई रहेकै कारण यहाँका पत्रकारहरू स्वार्थ समूहकाे निशानामा परेकाे सह सचिव डम्बर राईद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

पत्रकारका साथै सर्वसाधारणकाे समेत सुरक्षा ब्यवस्था मिलाउन र याे घटनामा संलग्नहरूलाई पक्रेर कारवाहीकाे दायरामा ल्याउन माँग गरिएकाे प्रेस बिज्ञप्तीमा खुलाइएकाे छ ।

साथै घटनामा संलग्न रहेका प्रत्यक्ष र पराेक्ष दुबैलाई पक्राउ गरि कारवाहीकाे दायरामा नल्याए नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रने चेतावनी समेत गराएको छ ।

महासंघले पत्रकार यादवकाे शिघ्र स्वास्थ्यलाभकाे कामना गरेकाे छ ।

यता यस घटनालाई लिएर प्रेस मञ्च सप्तरीलेपनि प्रेस बिज्ञप्ती जारी गरि अपराधीलाई अवलम्व पक्राउ गरि कानुन बमनेजिम कारवाहीकाे माँग गरेका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी