• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नहरकाे पानीमा चाैधरीकाे शव भेटियाे

img

न्युज 1 नेपाल संवाददाता

कञ्चनरूप / साउन ३१ गते ।

सप्तरीकाे कंचनरुप नगरपालिका ८ चादनी चोक स्थित चन्द्र नहरमा एक बयस्ककाे शव फेला परेकाे छ । साेही नगरपालिका ७ बलुवा चोक बस्ने नटाई चौधरीको छोरा ५० बर्षिय गोबिन्द चौधरीकाे शव आजअपरान्ह १:३० बजेकाे समयमा फेला परेकाे ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएकाे छ ।

कार्यालयकाे अनुसार नहरभित्र शव रहेकाे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा टोलि खटि गई उक्त लाश पानीबाट बाहिर निकाली लाशजाच मुचुल्का लगायतको कार्य भईरहेको छ । थप बिवरणका बारेमा प्रहरीले अनुसंधान गरिरहेकाे प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताउनु भयाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी