न्युज 1 नेपाल संवादाता
भारदह/ भदाै १ गते- सुनसरी दुहबी नगरपाललिका ११ तन्मुनाका ५० बर्षीय जगदिश मेहत्ता घाँटीमा पासाे लगाई झुण्डिएकाे अवस्थामा मृत फेला परेकाे छ । बिगत ४/५ दिन अगाडी देखी उनी सप्तरीकाे तिरहुत गाउपालिका ४ डिमन बस्ने रञ्जित कुमार मेहताले संचालन गर्दै आएको शिबशक्ती होटलमा काम गर्दै आएका थिए ।
आज बिहान मेहत्ताले काम गर्दै आएको हाेटल नजिकै रहेको संजिवनको रुखको हाँगामा गम्छाकाे पासो लगाई झुण्डि मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकाे प्रहरीले बताए । प्रहरीकाे अनुसार बिहान ६ बजेकाे समयमा घटनाबारे जानकारी हुनसाथ प्रहरी चौकी डिमनका प्रहरी सहायक निरिक्षकको टोली खटि गई घटना स्थल सुरक्षित राखेको थियाे ।
थप अनुसंधान तथा कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टाेली पुगेका थिए ।
शवलाई पाेष्टमार्टमका लागि राजबिराज लगिएकाे छ भने मृतकका आफन्तलाई बोलाउने काम भएको जनाइएको छ ।