• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

धानखेतमा लगाएकाे करेन्ट लागेर सरदार दम्पतीकाे ज्यान गयाे

img

न्युज 1 नेपाल संवादाता

कञ्चनरूप/ भदाै ०१ गते- सप्तरीकाे कञ्चनरुप नगरपालिका ५ स्थित पिपरा बस्ने ५० बर्षिय बद्रि सरदार र निजको श्रीमती ४५ बर्षीया बिमला देवी सरदार करेन्ट लागेर मृत्यु भएका छन् । दुबै जना आफ्ना घर भन्दा १ सय ५० मिटर पूर्वमा रहेको खेतमा काम गरी घर फर्ने क्रममा शनिबार अबेर साँझपख बाटोमा करेन्ट लागेकाे थियाे ।

करेन्ट लागेर महेन्द्र चाैधरीकाे धानखेतमा लडेका दम्पतीकाे घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जानकारी गराएकाे छ । प्रहरीकाे अनुसार साेही गाउँका दुर्गा नन्द चौधरी र महेन्द्र चौधरीले धान खेतमा लगाएकाे करेन्टमा उनिहरू परेका हुन् ।

राती १०:३० बजेकाे समयमा जानकारी प्राप्त हुन साथ प्रहरी चाैकी धरमपुरबाट प्रहरी सहायक निरिक्षककाे कमाण्डमा र तालुक इप्रका कञ्चनपुर सप्तरीबाट प्रनाउ माधव प्रसाद काफ्लेको कमाण्डमा प्रहरीटोलि घटनास्थल पुगेका थिए ।

दुर्गा नन्द चौधरी र महेन्द्र चौधरी दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा ल्याई थप अनुसन्धान भै रहेको प्रहरी नायव उपरिक्षक माधव काफ्लेले बताउनु भयाे ।

दम्पती शवलाई अस्पतालको शव गृहमा राखेको र पोष्ट मार्टम गर्न बाँकी रहेको जनाइएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी