भूपदेव माली
भदौ ३ गते , सप्तरी।
जनमत पार्टीले अव्यवस्थित विद्युतीकरणले गर्दा किसानका लागे हुने खतरा सम्बन्धी मागलाई गम्भीरतापूर्वक उठाउँदै नेपाल विद्युत प्राधिकरणसमक्ष पाँचबुँदे माग राखेको छ । खेतबारी सिन्चित गर्नका लागि गरिएको लापरवाही पूर्ण विद्युतीकरणबाट करेन्ट लागेर किसानको मृत्यु हुने संख्या बढ्दै गएको भन्दै मंगलबार पार्टीले त्यसप्रति गम्भिर बन्न नेपाल विद्युत प्राधिकरणलाइ ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै किसानका समस्यालाई उद्धृत गर्दै खेतबारीमा विद्युतीय लाइन खस्दा किसानको ज्यान जाने घटना बढिरहेको अस्मरण गराउँदै यसलाई यथासिघ्र नियन्त्रण गर्न माग गरिएको छ ।
बुझाएको ज्ञापन पत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई लागू गर्नुपर्ने,तलको खेतमा पोल वा पोलमा डिस्ट्रीब्युशन बक्सको सुरक्षित व्यवस्था मिलाउनुपर्ने र विद्युतीय कारणले हुने क्षति तथा मृतकलाई क्षतिपूर्ति दिनुपर्ने मांग राखिएको छ ।
यसरी नै विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने र कृषि मीटर र बिल निशुल्क गर्नुपर्ने मांग समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
‘कारण ज्यान गुमाइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै’, ज्ञापनपत्रमा ‘यस्ता दुर्घटना रोक्न प्राधिकरणलाई तुरुन्त प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।’