• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

गाजामा युद्धविराम र इजराइली बन्धक रिहाई सम्बन्धी सहमति

img

भदौ ०३, काठमाडौँ —प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविरामका लागि सहमति र इजरायली बन्धकको रिहाईका लागि मध्यस्थकर्ताले राखेको नयाँ प्रस्तावमा स्विकार हुने जनाएको छ ।

प्यालेस्टिनी समूहको एक सूत्रको अनुसार उक्त सहमति भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि मिस्र र कतारद्वारा राखिएको यो प्रस्ताव गत जुनमा अमेरिकी दूत स्टिभ विटककले दिएको प्रस्तावको रुपरेखामा आधारित भएको बताइएको छ ।

यस सहमति योजनाको आधारमा पहिलो ६० दिनको युद्धविारम लागू हुनेछ । यसपछि हमाससँग रहेका ५० इजरायली बन्धकलाई समूहमा परी दुई पटकमा रिहा गरिनेछ । बन्धक बनाएका मध्ये २० जना जिवित रहेको बताइएको छ ।
त्यसपछि थप युद्धविरामको कुराकानी अगाडि बढाइनेछ । यद्यपि यस विषयमा अन्तर्राष्ट्रिय संचार माध्यम बाहेक इजरायलका तर्फबाट कुनै आधिकारिक धारणा आइसकेको छैन ।
यता गत साता इजारायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबैबन्धकलाई रिहा गरेपछि मात्र आफूहरु कुनै सम्झौताका लागि तयार हुने बताएका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी