डम्बर राई
सप्तरीमा बिगत केहिदिन यता मृत्यु प्रकरण बढेर गएकाे छ । गएकाे एकहप्तामा भवितव्य, कर्तब्य ज्यान, आत्महत्या, डुबेर मृत्यु हुनेकाे संख्या १० पुगेका छन्। बिरामी अथवा थला परेर, पाकाे उमेर वा बृद्ध, बृद्धा भएर हुने मरण बाहेक भवितव्य, कर्तब्य ज्यान, आत्महत्या, डुबेर हुने मरण पनि बढ्दाे छ ।
जिल्ला प्रहरीकाे रेकर्ड अनुसार यहि भदाै १ गते सुनसरीकाे दुहबी नगरपालिका ११ स्थित तन्मुनाका ५० बर्षिय जगदिश मेहत्ता रुखकाे हाँगामा गलामा पासाे लगाई झुण्डी मरेकाे अवस्थामा फेला परेकाे थियाे । सप्तरीकाे तिरहुत गाउँपालिका ४ डिमन स्थित रुखमा झुण्डिएकाे अवस्थामा मृत फेला परेकाे हाे । यस्तै भदाै २ गते शम्भुनाथ नगरपालिका १२ स्थित बज्राहीकी लक्ष्मीनिया सरदार घर नजिक रूखमा झुण्डि मरेकाे थियाे । भदाै २ गते नै अग्नीसाइर कृष्णासवरन गाउपालिका २ भुड्कीका लालु सदाकी पत्नी ७२ बर्षिया संजनी सदाकाे पानीमा डुबेर मृत्यु भएकाे छ । साेही वडा स्थित चाँदनी चाैक खण्डमा खेतमा खनेकाे खाल्डाेमा जमेकाे पानीमा डुबेर उनकाे मृत्यु भएकाे हाे । यस्तै खडक नगरपालिका ७ मा राजा चाैधरीपनि साेही पालिकाकाे वडा नम्बर ६ मा भदाै २ गते पानीमा डुबेर मरेकाे छ ।
भदाै ४ गते महादेवा गाउपालिका वडा नम्बर २ घर भएका लालु मण्डल घर नजिकै रुखमा झुण्डी मरेकाे अवस्थामा फेला परेकाे थियाे । डाक्नेश्वरी नगरपालिका ९ स्थित सखुवा गाेठकी ६० बर्षिया शान्तीदेवी महत्ताेकाे स्थानियकाे कुटपिटबाट मृत्यु भएकाे छ । उनलाई गाउले २७ बर्षिय जयप्रकाश महत्ताे, २० बर्षिय सुभाष महत्ताे र १८ बर्षिय अजित महत्ताेले भदाै १ गते बिहान कुटपिट गरेका थिए । घाइते शान्तीदेवीकाे उपचारकाे क्रममा राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा प्राण गएकाे थियाे ।
यस्तै शम्भुनाथ नगरपालिका ६ लतियाहीकाे भिलु चाैधरीकाे छाेरी ३२ बर्षिया राम कुमारी चाैधरी मृत अवस्थामा भेटिएकाे छ । अग्नीसाइर कृष्णासवरन गाउपालिका २ सितापुर स्थित धानखेतमा भदाै ४ गते उनकाे शव भेटिएकाे हाे । तिलाठी काेइलाडी गाउपालिका ६ बभनगामा घर भएकी ६५ बर्षिया पवनदेवी यादवकाे छिन्नमस्ता अस्पताल राजबिराजमा भदाै ५ गते मृत्यु भएकाे छ । धान गाेड्ने क्रममा लडेर बेहाेस भएकी यादवकाे अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएकाे थियाे ।
भवितव्य मृत्यु हुनेमा जिल्लाकाे खडग नगरपालिका ३ बस्ने ५८ बर्षिय उपेन्द्र भगत छन् । भदाै २ गते राैतहटकाे गाैर नगरपालिका ५ स्थित नेपाल लजकाे २०२ नम्बर काेठामा उनी मृत भेटिएकाे थियाे । मृतक राजबिराज ८ स्थित श्यामबाबा राइस एण्ड आयल मिल प्रा.लि. काे मेनेजर थिए। यसैगरी साउन ३२ गते कञ्चनरूप नगरपालिका ५ पिप्रापूर्वका सरदार दम्पतीकाे करेन्ट लागेर ज्यान गएकाे छ । काम गरेर घर फर्कदै गर्दा धानखेतमा हात्ती भगाउन लगाइएकाे करेन्टमा परेर ५० बर्षिय बद्री सरदार र उनकी पत्नी ४५ बर्षिया बिमलादेवी सरदारकाे ज्यान गएकाे थियाे ।
हिजाे मात्र कञ्चनरूप नगरपालिका वडा नम्बर ६ घोघनपुर बस्ने गुलै सदाको छोरा ४६ बर्षिय सत्रुधन सदाकाे पानीमा डुबेर ज्यान गएकाे छ । घर नजिकै दिउसाे चन्द्रनहरकाे पानीमा नुहाउने क्रममा सदाकाे ज्यान गएकाे प्रहरी चौकी धरमपुरले जनाएको छ । पानीमा हराएका सदालाई स्थानियले खाेजतलास गर्दा मृत भेटिएकाे थियाे ।