• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कंकालिनी माध्यमिक विद्यालय पोर्ताहामा चोरी

img

भूपदेव माली
भदौ ११, भारदह। प्रताहाको कंकालिनी माध्यमिक विद्यालयमा चारवटा पङ्खा चोरी भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहा स्थित श्री कंकालिनी माध्यमिक विद्यालयको दक्षिण पूर्वको कुनामा टिनाको छाना भएको भवनका कक्षा ४, ५ र ८ का चारवटा पंखा चोरी भएको हो।
कक्षामा रहेका उक्त पंखाहरू गत फागुन महिना तिर आआफ्ना कक्षाका विद्यार्थीहरूले चन्दा संकलन गरी खरिद गरिएको विद्यालयका प्रधानाध्यापक रतनकुमार यादवले बताउनुभयो।
उनले उक्त कक्षाहरूको झ्यालमा ग्रिल र चुकुल नभएकोले दिवाल नागेर झ्यालको बाटो भई भित्र छिरी पंखा चोरेर लगिएको बताउनुभयो।
विद्यालयमा कार्यरत पाले उत्तरतिरको टिनाको छाप्रोमा सुत्ने भएकोले ९ बजे राति पश्चात उक्त पंखाहरु चोरी भएको विद्यालयमा कार्यरत पाले ओम नारायण यादवले बताए। उनले ०९:०० बजेको समयमा राति म र हेडसरले जम्मै भवन कक्षाकोठाहरू अवलोकन गरी मात्र सुत्न गएकोले ०९:०० बजेपछि मात्र चोरी भएको हुन सक्ने बताए।
विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरूले चोरी भएको उक्त पंखाहरूको खोज तलाश गर्न इलाका प्रहरी कार्यालय भारदहमा बिहान ०९:०० बजेतिर उजुरी निवेदन दिएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी