• img
  • img
img img img
Categories
प्रदेश समाचार स्वास्थ्य

रूपनगर स्थित आँखा केन्द्रका स्वास्थ्य कार्यकर्ता शब्दलाई सम्मान साथ विदाई

img

न्युज 1 नेपाल संवाददाता

१९ भदौ, सप्तरी।

तिलगंगा कन्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगर र कृति सामुदायिक स्वास्थ उपचार केन्द्र कन्चनरुप १२ रुपनगरले संयुक्त रुपमा आँखा स्वास्थ्य कार्यकर्ता बिदाइ गरेका छन् ।

कृति सामुदायिक स्वास्थ उपचार केन्द्रको प्राङ्गणमा एक कार्यक्रम बीच बिहीवार आँखा केन्द्रका आँखा स्वास्थ कार्यकर्ता साउदलाइ अबिरको टीका लगाइ खादा ओढाएर बिदाइ गरिएका हुन्।

आँखा स्वास्थ्य कार्यकर्ता साउद रुपनगरबाट सरुवा भई निजगढ जाने भएका हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै रुपनगगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दिपककुमार गजुरेलले अनिल साउद समाजले रुचाएको सामाजिक अभियान्ता र समाजलाई रुपान्तरण गरेर अगाडी बढनु पर्छ , समाजलाई युवाहरूले केही गरेर देखाउनु पर्छ र युवाहरु नमुना बन्नु पर्छ भनेर उहाँले काम गर्नु हुन्थ्यो यसैगरी काम गरि रहेको अवस्थामा उहाँको सरुवा हुनु रुपनगर बासीको मात्र नभएर सप्तरी जिल्लालाई नै ठुलो घाटा भएको बताए ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले साउदको करिब २ बर्षको रुपनगरको बसाइमा स्वास्थ क्षेत्रको मात्र नभइ सामाजिक क्षेत्रमा समेत राम्रो काम गरेको अनुभव सुनाए । साउदले रास्ट्रको नाममा २ घण्टा योगदान भन्ने कार्यक्रम हप्ताको प्रत्येक शनिबार निशुल्क रुपमा सुगर , प्रेसर र आँखाको जांच गरि कन्चनरुप बासीलाइ सेवा पुर्‍याउँदै आएका थिए ।

समाजलाई सकारात्मक सोचका साथ युवाहरुले परिवर्तन गर्न सक्छन भन्ने सोचका धनी साउदको सरुवाले रुपनगर बासिलाइ खरो महसुस भएको उनले बताए ।

साउदको बिदाइ कार्यक्रममा उपस्थित सबै बौद्धिक स्तर भएका व्यक्तिहरू भावुक हुँदै आँखा रसाएका थिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी