न्युज 1 नेपाल संवाददाता
राजबिराज, भदौ १९ गते _कञ्चनपुर हुलाकी मार्ग जर्जर अवस्था भई आगमनमा अति अप्ठेराे भएकाे भन्दै अखिल नेपाल मजदुर यातायात संघ सप्तरीले चक्का जाम गरेका छन् । लामाे समयदेखि बिग्रीएकाे यस सडककाे मर्मत सम्भार तथा स्तरीयकरणमा सम्बन्धीत निकायले पहल नगरेकाे भन्दै राजबिराज १ पररिया स्थित कञ्चनपुर हुलाकी सडकमा आज बिहान १० बजेदेखि दिउसाे २ बजेसम्म अटाे, रिक्सा, सिटीरिक्सा तेर्स्याई टायर बालेर विभिन्न नारा लगाउदै सडक जाम गरेकाे हाे । 
संघका अध्यक्ष बिजय देवकाे अनुसार यस हुलाकी सडक स्तरीयकरण हुन नसकेकाेले सडक दुर्घटना भइरहेकाे छ । सडकमा ठुला ठुला खाल्डाे परेर सवारी साधन आवागमनमा साह्रै कठिनाहीकाे समस्या राख्दै देवले भने ६ महिना अगाडि देखि घर टहरा भत्काईयाे तर कामलाई किन निरन्तरता दिएन? जिल्लाकाे सदरमुकाम राजबिराजबाट दिनहुँ पूर्वी, उत्तर भेगका मानिसहरू याे सडक भएर आवात जावत गर्दै आएका छन्।
हिजाेआज याे सडकमा म्याजिक, रिक्सा, अटाेरिक्सा, माेटरसाइकल, स्कुटर लगायत साना गाडी बाहेक स्कुल बस, ट्याक्टर, ट्रक, टिपर लगायत ठुला सवारी साधनपनि उल्लेख्यरूपमा चल्दै आएको अध्यक्ष देवले बताए ।
दिउसाे २ बजे संघ नगरपालिकाकाे कार्यालय गई यसबारे छलफल गर्ने देवले बताए ।