• img
  • img
img img img
Categories
Uncategorized

साझा प्रकाशनद्वारा राजविराजमा पुस्तक प्रदर्शनी मेला।

img

भूपदेव माली

२० भदौ, सप्तरी । साहित्यक संस्था साझा प्रकाशन राजविराजद्वारा शुक्रबारदेखी सप्तरीको राजबिराजमा वृहत पुस्तक प्रर्दशनीको मेला आयोजना भएको छ । साहित्यिक संस्था साझा प्रकाशन राजविराज द्वारा  आयोजित  १३ दिनसम्म चल्ने बृहत पुस्तक प्रदर्शनीको शुक्रबार छिनमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गर्नुभएको हो।

पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सूचना र प्रविधीको (मोबाइल एवं ल्यापटपको प्रयोग) नयाँ नयाँ प्रयोग संगै पुस्तक र पत्रपत्रिका किनेर पढने पाठकहरुको संख्या न्यून हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

अहिले विभिन्न पुस्तक र पत्रपत्रिका मोबाईलमा पनि सजिलै प्राप्त हुने भएकोले ज्ञानवद्र्धक पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै जानु चिन्ताको विषय रहेको भन्दै उनले यस्ता प्रदर्शनीले पुस्तक पढ्ने संस्कृतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसंगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नु पर्नेम जोड दिए ।

अध्यक्ष चौधरीले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पुर्‍याउने विश्वास समेत व्यक्त गरे । उनले शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

१३ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् ।

१ हजार ६ सय भन्दा बढी लेखकको कृती राखिएको प्रदर्शनी असोज ३ सम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशन राजविराज शाखा प्रमुख मनोज कुमार माझीले जानकारी दिए।

उक्त अवसरमा राष्ट्रिय मुक्ति पार्टीका महासचिव गजेन्द्र मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र प्रसाद साह, पत्रकार महासंघका उपाध्यक्ष सुधा देव, कार्यसमिति सदस्य बृजमान तामाङ, रामनारायण यादव, रक्षा चौधरी, पूर्व सदस्य कान्तिपुरकर्मी विद्यानन्द राम, पत्रकार रामशंकर भण्डारी, राजविराज नगरपालिका वडा नम्बर ७ का सदस्य रमानन्द देवलगायतका उपस्थिति थियो ।

यस प्रदर्शनीको माध्यमले मानिसमा पुस्तक पढ्ने चेतना जागृत हुने र लेखकहरूको मनोबल बढ्ने आशा गरिएको छ ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी