• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

वीरेन्द्र बजारको फुटबल प्रतियोगितामा आयोजक टिम सेमिफाइनलमा पुगे

img

न्युज 1नेपाल

२२ भदौ, सप्तरी ।

  • आयोजक युनिटी एफसी (ए) विरेन्द्र बजार’ दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा पुगेको प छ ।

आइतबार सम्पन्न भएको तेस्रो क्वाटर फाइनल खेलमा जगमोहन एफसीलाई ०-३ गोलान्तरले पराजित गर्दै विरेन्द्र बजार  सेमिफाइनल खेलमा पुगेको हो ।

रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलको पहिलो हापको ९ औ मिनेटमा आयोजक टिमका जर्सी नम्बर १० का पासाङ तामाङले १ गोल गरि टिमलाई अगाडि बढाए ।

दुबै टिम वीचको प्रतिस्पर्धात्मक खेलको दोश्रो हापको १५ औ मिनेटमा जर्सी नम्बर ११ का संदेश चौधरीले १ गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए । यसैगरी दोश्रो हापको २९ औ मिनेटमा जर्सी नम्बर १० कै पासाङ तामाङले १ गोल गरेपछि विरेन्द्र बजार ३ गोलले विजयी भएको थियो ।

दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ७० औ मिनेटको खेल अवधिमा जगमोहन एफसीले कुनैपनी गोल फर्काउन नसकेको आयोजक समितिका राम बहादुर गोलेले जानकारी दिए ।

प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबारको खेल सन्यासी युवा क्लब पोखरीया र मुसहर्निया एफसी खडक नगरपालिका वीच अपराह्न ०४: १५ बजेदेखि सुरु हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी