• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

८० बर्षिय बाबाजीकाे शंकास्पद मृत्यु

img

न्युज 1 नेपाल संवाददाता

कञ्चनरूप, भदौ २३ गते

सप्तरीकाे कञ्चनरूप नगरपालिका ९ स्थित सुन्दरी खाेला नजिककाे काली मन्दिरका एक बाबाजीकाे शंकास्पद मृत्यु भएकाे छ । ईलाका प्रहरी कार्यालय कंचनपुरकाे अनुसार नाम ठेगाना नखुलेकाे अन्दाजी ८० बर्षकाे बाबाजीकाे शनिबार बेलुका उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

उनी रगत्याम्मै भएकाे खबर पाएर बेलुका ६:३० बजेकाे समयमा प्रहरी घटनास्थलमा पुगी उनलाई उपचारका लागि कञ्चनरूप नगर अस्पताल पुर्याइएकाे थियाे । टाउकाेमा काटेकाे जस्ताे चाेट भएकाेले रगत धेरै गएकाे र उपचारपनि ढीलाे भएकाे कारण उनकाे मृत्यु भएकाे प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी गराउनु भयाे । घटनाकाे थप अनुसंधान भइरहेकाे उहाँले बताउनु भयाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी