न्युज 1 नेपाल सम्वाददाता
कञ्चनरूप/ भदाै २३ गते- नेपाल पत्रकार महासंघ सप्तरी, राजबिराज उच्च बार एशाेसिएसन र मानव अधिकार समितिले संयुक्त रूपमा प्रेस बिज्ञप्ती जारी गरेर काठमाण्डाैमा प्रहरीले जेनजीकाे टाेलीमाथि गरेकाे घटनाकाे घाेर आपत्ती जनाएका छन्। महासंघका अध्यक्ष श्रवण कुमार देव, एशाेसिएसनका अध्यक्ष हरेराम यादव र अधिकार समितिका अध्यक्ष समिम अख्तर अलीकाे हस्ताक्षरमा साेमबार प्रेस बिज्ञप्तीमा जारी गरेकाे हाे ।
जारी प्रेस बिज्ञप्तीमा भनिएकाे छ भ्रष्टाचार बिरुद्ध तथा सामाजिक संजाल खुल्ला राख्नुपर्ने सहितका माँग राख्दै आन्दोलनमा उत्रेका जेनजीको टोलीमाथि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी दर्जनौंको ज्यान लिएको घट्ना सरकारको निरंकुश भन्दा ठूलो कदम हो ।
काठमाडौंसहित देशका बिभिन्न शहरमा आन्दोलनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले बर्बरतापूर्वक गोली प्रहार गरी ज्यान लिनुकाे साथै सयौंलाई घाइते बनाएकाे याे घटनाप्रति हामी स्तब्ध एवं मर्माहत भएका छौं प्रेस बिज्ञप्तीमा उल्लेख छ । घट्नाको कडा रुपमा भर्त्सना गर्दै यो घट्नाको जति निन्दा गरेपनि कमै हुने बिज्ञप्तीमा
जुनसुकै प्रदर्शनमाथि दमन गर्न नहुने हाम्रै संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको खुलाइएकाे छ ।
बिज्ञप्तीमा यसतर्फ सरकारको ध्यान नगई आफ्नै नागरिकको ज्यान लिनु सरकारको नालायिकिपन भएकाे उल्लेख गर्दै यसले सरकार जनताका लागि नभई आफ्नो स्वेच्छाचारीमा लागेको पुष्टि भएकाे उल्लेख छ ।
यस किसिमको दमन रोक्न सरकारको ध्यानाकर्षण गराउँदै मृतकको परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचार गर्न माँग राख्दै बिज्ञप्ती मार्फत आन्दोलनरत पक्षलाई अबिलम्ब वार्तामा बोलाई समस्याको समाधान गर्न सरकारसँग आग्रह समेत गरेका छन्