• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

ईलाका प्रहरी कार्यालय भारदह द्वारा ६० किलो अवैध माछा नष्ट

img

भूपदेव माली

भदौ २३, सप्तरी।सप्तरीको हनुमाननगर कङ्कालिनी नपा वडा नं १ भारदह स्थित इलाका प्रहरी कार्यालय भारदहद्वारा अवैध रुपमा निकासी गरिएको  माछाहरु पक्राउ गरी नष्ट गरिएको छ ।

सोमबार इलाका प्रहरी कार्यालय भारदहका प्रसनी पवन कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले भारदह – कोशी ब्यारेज सडक खण्डमा अवैध रुपमा भारतबाट पैठारी गरिएको मुङ्गरी र जलकपुर गरी दुई प्रजातिका ६० किलो माछा पक्राउ गरी इलाका प्रहरी कार्यालयको प्राङ्गणमा स्थानीय भरभलाद्मीको रोहबरमा राखी खाल्टो खनी नष्ट गरिएको हो।

उपरोक्त जलकपुरका माछा चार दिन पाँच दिन पहिले नै मरिसकेकोले बरफ हालेर नेपालमा आयात गरी बिक्री वितरण गर्दै गरेको हुँदा सो माछा खानेहरूको स्वास्थ्यका लागि हामी कारक हुने हुँदा खाल्टो खनी त्यसमा नुन छरेर माटोबाट पुरिएर नष्ट गरिएको इलाका प्रहरी भारदहका निमित्त प्रमुख प्र स नि पवन कुमार सिंहले बताए ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी