• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

देशैभरि प्रदर्शन, नारा जुलुस, आगो बालेर सडक अवरुद्ध

img

भूपदेव माली

भदौ २४, सप्तरी। विद्यार्थीहरू माथि नेपाल गरिएको गोली प्रहारको विरुद्ध देशै तातिएको छ। जताततै सडक अवरोध, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी एवं विभिन्न चौक- चौराहमा आगो बालेर सडक अवरुद्ध पारेका छन्।

उपत्यकामा भएको नरसंहारको विरुद्ध हरेक क्षेत्र, हरेक गाउँका मान्छेहरू र विद्यार्थी बुद्धिजीवीहरू समेत सडकमा सडकमा प्रदर्शन गरेका छन्। सप्तरीको राजविराज, रोपनी, कञ्चनपुर ,भारदह बजार, सुनसरीको लौकही, फुलचोक, इनरवा ,झुम्का, इटहरी र मोरङको विभिन्न स्थानमा सडक अवरुद्ध गरेका छन्। खासगरी विराटनगरको अधिकांश ठाउँमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध पारेका छन्।

आन्दोलनका कारण बाहिर गएका यात्रीहरू अस्पताल गएका यात्रीहरू तीर्थ गएका यात्रीहरुलाई आफ्नो घर फर्किन समस्या उत्पन्न भएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी