• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

तराई मधेशमा जितिया पर्वको हर्षोल्लास

img

भूपदेव माली
भदौ २९, सप्तरी।आज तराई मधेशको आमाहरूले जितिया पर्व मनाउँदै छिन्।
आफ्ना सन्ततिका लागि जितमहान भगवानलाई आराधना गर्दै जितिया पर्व मनाएकी हुँन्।
खासगरी तराईको मिथिला क्षेत्रमा र थारुहरू बसोबास गरेको ठाउँमा यो पर्व बडो उल्लासपूर्ण वातावरणमा मनाइन्छ।सन्तति स्नेह एवम् उत्सर्गको पवित्र पर्व जितिया आज अर्थात् आइतबारको दिन व्रतालु हरू निहार निराहार बस्ने भएकी छन्।मधेस तराईका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घण्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।

व्रतालु आमाले हिजो शनिबारका दिन सूर्योदय हुनुअगावै दिवङ्गत पितृको स्मरण एवम् जित महान देवतालाई आराधना गरी घिरौँलाको पातमा चढाएको दहीच्युरा, फलफूल लगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु भएको धार्मिक मान्यता छ । हुन त यो पर्व एक दिन अगावै अर्थात् शनिबार बिहान अस्नान गरी मडुवा खाने चलन अनुसार नै प्रारम्भ भएको मानिन्छ।

जितिया पर्व मनाउन निराहार बसेका आमाहरूले दुई दिनसम्म पानी समेत खान नपाइने हुँदा यो कठिन पर्वलाई ‘खर जितिया’ पनि भनिने चलन छ । ‘खर’ अर्थात् मुखमा सिन्को पनि प¥यो भने व्रत भङ्ग हुने विश्वास भएको पाइन्छ।

जितमहान कथाको आधारमा केही दशक पूर्व छोरा हुने आमाले मात्रै यो पर्व गर्ने गरिन्थ्यो । तर समयको परिवर्तनसँगै उक्त भावनाहरू मिच्दै गयो। अब लैङ्गिक समानताका हिमायतीले यस पर्वलाई ‘विभेदकारी’ पर्व भएको आलोचना गर्न छाडे । समयक्रमसँगै जितिया पर्वको परम्परागत मान्यतामा परिवर्तन संगै व्रतालु आमाहरू अब केवल ‘छोरा’ का लागि मात्र नभई आफ्ना सन्तति अर्थात् छोराछोरी दुवैकालागि जितिया मनाउने गरेको व्रतालुहरूको भनाई छ ।

कतिपय व्रतालुहरूले ‘पहिले छोराछारीको सुखको लागि जितिया गर्थेँ’ उहाँले भन्नुभयो ‘अब नाति नातिनी पनि थपिए उनीहरूको सुख शान्तिका लागि पनि यो व्रत गर्दछु ।’बताउँदै ‘छोराछोरीका लागि त गर्दैआएकी थिएँ, यसपालि नाति पनातिको लागि पनि जितियामा व्रत बसेकी हुँ, जितमहान भगवानले मेरो छोरीको दुख पनि सुनिदिनु हुनेछ विश्वासमा छु ।’बताउँछन्। जितिया पर्व मनाउन कतिपय स्थानमा जितमहानको मूर्ति बनाएर पूजापाठ गर्दै मेलाको आयोजन गर्ने गरिन्छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गतको भारदह बजारमा दुई स्थानमा अलग अलग समूहद्वारा जितमहानको मूर्ति बनाइएको छ। यी छुट्टाछुट्टै समूहको आइतबार बेलुकी हजारौंको सङ्ख्यामा महिलाहरूले विशाल शोभा यात्रा निकाल्दै कोशी नदीबाट कलशमा जलभरि पूजा प्रारम्भ गरिएको छ।

बजारको अलगअलग स्थानमा बनाएको जीत महानको मूर्ति एक स्थानमा राम समाजका धिरेन राम, सुरज राम, राजु राम, देवचरण राम ,गर्भुराम अगुवा कार्यकर्ता रहेका छन् भने अर्को स्थानमा राय (अमात) समाजका अगुवा राम राय रहेका छन्। राम समाजले २४ घण्टाका लागि अष्टयाम संकीर्तन समेत गर्ने भएका छन्।

यी समूहहरूको अनुसार ‘धर्म संस्कृतिमा देखापरेको यो परिवर्तन सकारात्मक हो । ‘धर्मले विभेद हैन समानताको सन्देश दिएको पाइन्छ। परम्परा र मान्यतालाई परिमार्जन गर्दै छोराछोरी सबैको सुख र समृद्धिका लागि निराहार बसेका व्रतालु महिला आमा मात्र नभएर परिवर्तनका संवाहक पनि हो ।,

img

Share:
img

ताजा अपडेट

क्याटोगरी