• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरी कारागार क्षेत्रको ५० मीटर वरिपरि कर्फ्यु कायम, उक्त क्षेत्रमा कुनै गतिविधि गरेमा कानुनी कारबाही

img

भूपदेव माली
२९ भदौ , सप्तरी— सप्तरी जिल्लाको राजविराजस्थित कारागार कार्यालय वरपर ५० मिटरको परिधिमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सूचना प्रकाशित गर्दै कैदी बन्दीको सुरक्षालाई ध्यानमा राखेर उक्त क्षेत्रभित्र आवतजावत तथा कुनै पनि गतिविधिमा नगर्न निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कारागार क्षेत्रको चारैतिर ५०/५० मिटरको दूरीसम्म कर्फ्यु लागू गरिएको उल्लेख गरेको छ। यस क्षेत्रभित्र कसैले जुलुस, सभा, भेला, प्रदर्शन, बैठक वा कुनै पनि प्रकारको गतिविधि गर्न पाइने छैन।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार, जेनजी आन्दोलनको क्रममा कारागारबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै आइतबार दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि कर्फ्यु लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी सूचनामा भनिएको छ, “कर्फ्यु आदेशको अवज्ञा वा उल्लंघन गरेमा कानूनअनुसार कडा कारबाही हुनेछ।” उनले सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न र अनावश्यक रूपमा सो क्षेत्रमा आवतजावत नगर्न आग्रह समेत गरेका छन्।
सुरक्षाको थप सुनिश्चितताका लागि प्रशासनले विभिन्न सुरक्षा निकायमार्फत निगरानी बढाएको जानकारी पनि दिइएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी