राजबिराज
सप्तरीकाे डाक्नेश्वरी नगरपालिकामा नगरप्रमुखकै कार्यकक्षमा दुर्व्यवहार गरेकाे नेकपा (एमाले) समर्थक एक युवाले गुनासाे गरेका छन् । नगरप्रमुख राम लखन मलाह, नगर उपप्रमुख मीरा यादवसंग जसपाका जनप्रतिनिधि तथा स्थानिय नेता, कार्यकर्ताबीच छलफल हुदैगर्दा सबैले बाेल्ने क्रममा मैले आफ्नो धारणा राख्दा मलाई जसपाका ब्यक्तीले तथानाम गाली गलाैज गर्दै बाहिर निकाल्याे वडा नम्बर २ बस्ने आशुतोष यादवले नेउज वन नेपाल डटकमलाई बताए ।
मैले नगरपालिकाकाे गतिविधि एवम् अनियमितताका वारेमा मात्र कुरा उठाएकाे थिएँ जसपा नेपालका कार्यकर्ताहरूले तथानाम बाेल्दै मलाई लछारपछार गरी बाहिर निकाले यादवले दु:खेसाे गरे । मेराे अभिब्यक्ती स्वतन्त्रताकाे हकलाई उनिहरूले दवाएर जुन अभद्र व्यवहार गरेकाे छ त्याे कुदृष्टि, गलत साेच बिचार, असमाजिक,अमर्यादित रंगभास हाे ।
उनले भने जसपा नेपालका वडा अध्यक्ष तथा खाद्य डिलर श्यामसुन्दर यादवले मलखाध चोरी गरेको कुरा नगरप्रमुखसमक्ष गुनासो राखेका थिए। सो क्रममा जसपा नेता राजेश्वर राय आक्रोशित हुँदै “तँ झोले, एमाले झोले” भन्दै गालीगलौज गर्दै मलाई मेयरको कार्यकक्षबाट जबरजस्ती निकालिदिए । आफ्नो अभिब्यक्ती दिनसमेत बञ्चित भएकाे यादवले बताए ।