• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजविराजमा भवानी सेवा समितिद्वारा जेष्ठ नागरिकहरू सम्मानित

img

न्युज 1नेपाल संवाददाता
०४ असोज, सप्तरी। सप्तरीको राजबिराजमा भवानी सेवा समितिद्वारा विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान,महिला मिलन एवम् महिला ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको आयोजकले जनाएको हो ।
महिलाको हाम्रो समाजमा महत्त्वपूर्ण योगदान भएपनि महिलाहरूको परिवार,समाजले अहिलेपनि मूल्यांकन गर्न नचाहेकोले महिलामा पनि ज्येष्ठ नागरिकको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको समितिका उपाध्यक्ष सुसा देवले जानकारी दिइन् ।
प्रमुख अतिथि मधेस प्रदेशकी पूर्व उपसभामुख उपमा देव लगायत अतिथिहरूले दोसल्ला ओढाएर ७० वर्ष माथिका ज्येष्ठ नागरिक महिलाहरूलाई सम्मान गरेकी थिइन् ।
प्रमुख अतिथिका रुपमा सहभागी पूर्व उपसभामुख देवले परिवार, समाज र राष्ट्रले महिलाको योगदानको कदर नगरेसम्म स्मृद्ध राष्ट्र नबन्ने दावी बताइन् । उनले ´महिला जहिले पनि सम्मानित छ, रहनुपर्छ भन्दै रचनात्मक कार्यमा महिलाकोको सहभागीता हुनुपर्नेमा जोड दिदै राज्यका हरेक निकायमा र हरेक कार्यक्रममा महिला एवं जेष्ठ नागरिकहरूको सहभागिता हुनुपर्ने बताउनुभयो।
समितिको उपाध्यक्ष एवम् महिला संघको संयोजक सुसा देवको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्जिनियर अमरेन्द्र देव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव,भवानी सेवा समितिका संस्थापक सल्लाहकार श्याम देव,पूर्व अध्यक्ष पुरूषोत्तम देव,अध्यक्ष इन्द्र कुमार देव,महासचिव सत्यनारायण देव,भवानी सेवा समिति काठमाडौंको निवर्तमान अध्यक्ष योगेन्द्र देव,सुचना अधिकारी अनिल देव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी