• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको पोर्ताहामा एकै रातमा तिनवटा घरमा चोरी

img

भूपदेव माली
असोज ५, सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहामा एकै रातमा तिनवटा घरमा चोरी भएको छ।
शुक्रबार राति पोर्ताहा स्थित तीनजनाको घरमा चोरहरूले ताला तोडी हजारौं रकम बराबरको धनमाल चोरी गरी चोरहरु फरार भएका हुन्।
चोरी हुनेहरूमा बलराम खिडरी यादवको घरबाट २१ हजार नगद चोरी, जय प्रकाश खिडहरी यादवको घरको ताल्चा तोडेर भित्र छिरी केही सरसामानहरू चोरी एवं भरत खिडरी यादवको घरमा कोही नभएको मौका पारेर घरको ताला तोडी घरमा छिरी बक्साहरु तोडफोड गरी नगद तथा गरगहनाहरु खोज तलास गर्ने क्रममा कागजात तथा लुगाफाटाहरू छतविक्षत पारेका थिए।
पूर्व पश्चिम राजमार्गको छेउमा रहेको उक्त घरहरू सुरक्षा व्यवस्था खासै नभएको अवस्थामा चोरहरूले मौका छोपी घटना गर्न सफल भएको स्थानीयहरूले बताए।
चोरीको घटनाबारे इलाका प्रहरी कार्यालयका प्रमुख प्रनानी गोविन्द घिसिङ सँग सोध्दा ‘चोरी भएको हामीलाई कसैले जानकारी नै गराएको छैन , चोरीको घटना लुकाउनु भनेको चोरहरूलाई बढावा दिनु हो’ भन्ने प्रतिक्रिया दिए।
यता जयप्रकाश खिडरी यादवका छोरा ललन खिररी यादवसँग सोध्दा ‘खै हाम्रो घरबाट चोरले खासै केही लगिएको छैन सोचेरै हामीले पुलिसलाई सूचना नदिएको’ भन्ने प्रतिक्रिया दिए।
यो इलाकामा बेला बेलामा चोरीको घटना हुने गरेका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी