• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

अब आमाको नाम बाट नागरिकता पाउने, विधेयक प्रमाणीकरण

img

असोज ५,काठमाडौँ — आमाको नामबाट सन्तानले नागरिकता पाउने भन्दै पारित गरिएको विधेयक,नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न दस्तावेजलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‌प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस विधेयकमा आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख आवश्यक नरहने व्यवस्था छ ।

प्रतिनिधिसभाले गत असार १४ गते राष्ट्रिय सभाले भदौ ६ गते उक्त विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी