भूपदेव माली
०७ असोज, सप्तरी ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर २ स्थित हर्दियामा मंगलबार पोखरीमा पोखरीमा नुहाउँदै गर्दा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुने बालिकाहरू स्थानीय सुरेन्द्र चौधरीकी ७ बर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशिकी चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको स्थानीय अरविन्द चौधरीको पोखरीमा नुहाउने क्रममा पानीमा पौडी खेल्दा खेल्दै डुबेर दुबैजजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र
कुमार बस्नेतले जानकारी दिए ।
उनीहरुसंग स्थानीय ८ बर्षीया प्रियान्सु चौधरी समेत सोमबार साँझ पोखरीमा नुहाउन गएका थिए । उनी भने सकुशल छिन् ।
ऊनीहरु डुबेको प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबै बालिकाको शव परिक्षणका लागि अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जनाएको छ।