भूपदेव माली
असोज ७, सप्तरी। नवरात्री भरिका लागि एक महिलाले आफ्नो छातीमाथि कलश राखेर जयन्ती उमार्ने ब्रत बसेकी छन्।
घटस्थापनाका दिन कलश शोभायात्रा गरी कोशी ब्यारेज बाट जल ल्याई नवरात्र भरिका लागि आफ्नो छातीमाथि कलश राखेर जयन्ती उमार्ने ब्रत बसेकी हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह अस्पतालका छेउमा घर भएकी बिरेन्द्र मण्डलको धर्मपत्नी हिरा कुमारी मण्डलले कलशमा कोशी नदीको जल भरी आफ्नो देउताको घरमा
उतानो सुतेर अद्भुत शैलीमा छातीमाथि कलश र सोमाथि दीपसिखा बालेर नवरात्र भरिका लागि निराहार रहने ब्रतमा छिन्।
अध्यात्मलाई अनुसरण गर्दै देवी भगवतीको भक्त भएकी मण्डलले अनौठो विश्वासमा तपस्या मुग्ध उनलाई हेर्न आउने दर्शनार्थीलाई सांकेतिक आशीर्वाद समेत दिने गरेकी छन्। उनलाई हेर्न जनकपुर , बर्दीवास, पूर्व इटहरीसम्मका दैनिकी सैकडौंको संख्यामा मानिसहरूको घुइँचो हुने गर्दछ।
नवरात ब्रतसँगै कठिन तपस्यामा रहेकी मण्डलले नवरात्र पश्चात टिकाको दिन विधिवत रूपमा पूजा अनुष्ठान पश्चात अन्नग्रहण गर्ने जनाइएको छ।
दुई छोरा र एक छोरीकी आमा भएकी मण्डलले यस वर्षअघि पनि छातीमाथि जयन्ती उमार्ने कार्य गरिसकेकी स्थानीयहरुले बताए ।