• img
  • img
img img img
Categories
समाचार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राजविराजमा विशाल रैली

img

न्युज 1नेपाल सम्वाददाता

२४ मंसिर ।
७७ औं सप्तरीको राजबिराजमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार बृहत र्‍याली प्रदर्शन गरिएको छ । राष्ट्रिय मानव अधिकार तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले ७७ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा संयुक्त रुपमा र्‍याली प्रदर्शन गरेका हुन् ।
‘घरघरबाट शुरु गरौं, घरेलु हिंसा अन्त्य गरौ, मानव अधिकारको रक्षा गरौं, ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सफल पारौं’ भन्ने विभिन्न नारा लगाउदै नारा उल्लेखित प्लेकार्ड बोकेर झांकी सहित र्‍याली प्रदर्शन गरिएको थियो ।
स्थानीय शिव मन्दिरबाट निस्किएको र्‍याली जिल्ला प्रशासन कार्यालय – खानेपानी कार्यालय- महावीर चौक – गजेन्द्र चौक – दशन चौक- राममन्दिर- अदालत रोड- नगरपालिका रोड हुँदै नेपाल पत्रकार महासंघको कार्यालय पुगेका थिए ।
र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, विभिन्न मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, पत्रकार, प्रहरी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी